0
नेपाल तमु विद्यार्थी छोँज धीं कास्कीले एक कार्यक्रमको आयोजना गरि आइतबार विदेशमा रहेर समाजसेवामा कार्यरत तमु अगुवाहरुलाई स्वागत गरेको छ ।
संस्थाले तमु धीं नेपाल युकेका सल्लाहकार तथा संस्कृतिकर्मी एकेन्द्र तमु, एलजि एशोसियसन युकेका अध्यक्ष लभकुमार तमु र एलजी एशोसिएशनका सल्लाहकार राजेन्द्र तमुलाई सयुक्त रुपमा स्वागत गरेको हो । स्वागत कार्यक्रममा बोल्दै तमु धि नेपाल युकेका सल्लाहकार एवम संस्कृतिकर्मी एकेन्द्र तमुले तमु जातिका निमिक्त विद्यार्थी संगठनले आयोजना गरेको मिस तमुस्यो कार्यक्रम महत्वपुर्ण रहेको औंल्याए । उनले तमु समुदायका युवापुस्तामा तमु भाषा, संस्कार, संस्कृति सम्बन्धि अज्ञानता बढ्दै गएको भन्दै यसलाई जगेर्ना गर्न आवश्यक रहेको बताए । सल्लाहकार तमुले मिस तमुस्यो नेपाललाई अन्तर्राष्ट्रियकरण गर्न पहल गरिने प्रतिवद्धता जाहेर गरे । यसैवीच मिस तमुस्योको सान मौलिक संस्कृतिको पहिचान भन्ने मूल नाराका साथ आयोजना गर्न गईरहेको चौथो मिस तमुस्यो नेपाल २०१४ लाई सहयोग प्रदान समेत गरिएको छ । एलजी एशोसियसन युकेका अध्यक्ष लभकुमार तमु र सल्लाहकार एवम् समाजसेवी राजेन्द्र तमुले सयुक्त रुपमा सेकेण्ड रनर अप पुरस्कार बराबरको रकम विद्यार्थी छोँज धींका अध्यक्ष भुपाल तमुलाई हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा एलजि एशोसिएसनका सल्लाहकार एवम समाजसेवी राजेन्द्र तमुले समुदायका निमिक्त आयोजना गरिने कार्यक्रमहरुलाई सहयोग गर्ने दायित्व सम्पूर्णको रहेको दावी गरे । उनले विद्यार्थी संगठनले अगामी दिनमा गर्ने कार्यक्रमहरुमा सम्पुर्ण तवरले सहयोग रहने प्रतिवद्धता  जनाए ।
यसैगरी एशोसिएशन युकेका अध्यक्ष लभकुमार तमुले तमु युवातिहरुको प्रतिभा प्रस्फुटन गर्ने अवसार प्राप्त गर्ने भन्दै यसलाई अवसारका रुपमा लिनुपर्ने दावी गरे। अध्यक्ष तमुले तमु समुदायका युवातिका निमिक्त प्रतियोगीता महत्वपुर्ण रहेको भन्दै कार्यक्रमको प्रशंस गरे । तमु विद्यार्थी छोँज धीं कास्कीका अध्यक्ष भुपाल तमुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा  स्वागत कार्यक्रममा युवा व्यवसायी सुनिल तमुले प्रतियोगीले तमु जातिको उत्थानका लागि महत्वपुर्ण भूमिका खेल्ने दावी गर्दै कार्यक्रमको सफलताको शुभकामना दिए । यसैगरि तमु ह्युल छोँज धीं गुरुङ्ग राष्ट्रिय परिषद केन्द्रीय प्रचार सचिव मनोज तमुले मिस तमुस्यो नेपाल प्रतियोगीता महत्वपुर्ण कार्यक्रम भएको भन्दै यसलाई संस्थागत गर्ने जिम्मेवारी सम्पूर्ण तमु संघसंस्थाको रहेको बताए । यसैबीच चौथो मिस तमुस्यो नेपाल २०१४ को १ महिने प्रशिक्षण कार्यक्रम जारी छ । कार्यक्रममा आइतबार तमु भाषा सम्बन्धी शुक्रराज तमु र कोरियोग्राफर नमिता तमुस्योले प्रशिक्षण दिएका छन् ।

Post a Comment

 
Top