0
नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रको सुरुवातसँगै हाम्रो समाजमा आत्महत्या गर्नेको संख्यामा तीव्र वृद्धि हुँदै गएको छ । गतवर्षको रेकर्ड सार्वजनिक गर्र्दै नेपाल प्रहरीले दिएको तथ्याङ्कअनुसार ४ हजार ५ सय जनाले आत्महत्या गरे, जसमा झुण्डिएर, विष सेवन गरेर, शरीरमा आगो लगाई आत्मदाह गरेर, आत्महत्याका घटना भैरहेको छ । सुरक्षा निकायमा रहेर काम गरिरहेको व्यक्तिहरू पनि आत्महत्या गरेका घटना छन्, जीवनप्रतिको नैराश्यताले गर्दा १७३ जना सुरक्षा निकायसँग सम्बद्ध व्यक्तिले आत्महत्या गर्ने नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरमिा समेत यस्तो घटना हुनुले आत्महत्या जघन्य रूपमा देखिएको छ ।
किन हुन्छन् आत्महत्या ? व्यक्तिगत, पारिवारिक, व्यवसायिक, आर्थिक, सामाजिक आदि विविध खाले समस्याहरू जीवनमा आउँछन् नै, ती समस्याको उचित समाधान गर्ने सामाथ्र्यको अभाव, कमजोर आत्मबल, जताततै अभावै अभाव उत्पीडन र पीडामय जिन्दगी, अपहेलित व्यक्तित्व, स्वआर्जन बिनाको जीवनपद्धति, प्रेरणा दिने, उत्प्रेरित गर्ने र सहयोग गर्ने वा साहारा खोज्न चाहेको बेला कसैको सहानभूति पाउन नसक्नुले आत्मबल कमजोर बनाउँदै जाँदा जीवनको विकल्प भन्नु नै आत्महत्या, डोरी, पासो, विष, आफैसँग रहेको हतियार मृत्युवरणका लागि सहयोगी बन्दछ र सांसारिक जीवनबाट मुक्त भई आफूलाई आफ्नो स्वाभिमान बचाएको अनुभूति गर्दै मृत्युवरण हुन्छ । अनि घरपरिवार र समाजमा खैलाबैला शुरु हुन्छ । कसरी म¥यो, किन म¥यो, कस्ले मा¥यो  हाम्रो वर्तमान सामाजिक यथार्थ यही हो, तर कोही किन आत्महत्या गरेर मर्न विवश भयो भन्नेतर्फ कसैको ध्यान जाँदैन । यसैले त यस्ता घटनाहरूको रोकथामका प्रयास पनि सफल देखिदैनन् । कोही मान्छे किन आत्महत्या गर्न खोज्छ र किन जीवनप्रति निराशा व्यक्त गरिरहेछ मानिस भन्नेतर्फ अध्ययन र अनुसन्धान नहुनु दुःखद् पक्ष हो । सामान्यतया मानिस भएर यो धर्तीमा जन्मेपछि, उसले मानव जीवनका आधारभूत र नैसर्गिक हक खोज्दछ त्यस्ता प्रकारका हक अधिकार दिलाउनु राज्य र समाजको दायित्व हुन्छ । पारीवारिक उत्पीडन, गरिबी, अभाव र पीडाभित्र दिनप्रतिदिन प्रताडित भएर बाँच्नुपरेका अवस्थामा आत्महत्याको विकल्प के हुन सकछ र ? हामी स्वभावैले स्वार्थी छौं हामे समाज स्वार्थी छ, हाम्रो राजनीतिक, सामाजिक, आर्थिक र सांस्कृतिक सबै स्वार्थ त्यस्मा पनि व्यक्तिगत अहमता, घमण्ड र ढोंगी प्रवृत्तिले साधारण जीवनयापनलाई असहज बनाइरहेको छ । अधिकांश आत्महत्याका घटनाहरू केलाएर हेर्ने हो यही सरोफेरोमा मानव जीवनप्रति मानवद्वारा हुने गरिने व्यवहारकै परिणामले आत्महत्यालाई प्रश्रय दिइरहेको पाइन्छ ।
पार्टी कार्यालयमा आएर आत्महत्या गर्नेदेखि काठमाडौंको धरहराबाट भएको आत्महत्या, पारिवारिक विपन्नता, चरम आर्थिक अभावमा, सामान्य सहानुभूति पनि नपाउनुको पीडा आत्महत्या कारक हुन सक्छ, राजनीतिक दलका नेताले जागिर लगाई दिन्छु भनेर पटक(पटक झुक्याएको पीडा सहन सक्ने सामथ्र्य गुमाएको अवस्था हुन सक्छ, आफ्नै जीवनसाथीले विभिन्न वहानाम धोका दिएको कारण हुनसक्छ त्यस्ता विषयवस्तुको गहिराईमा पुग्न हामी चाहँदैनौं जब मान्छे आत्महत्या गर्छ तब उसको प्रहरी अनुसन्धान र पोस्टमार्टमपछि सदगदसँगै सबै विषयहरू ओझेलमा पर्छन् अनि त यस्ता घटनाहरू दोहोरिन्छ ।
गाउँघर, शहरबजार, कोठा, जंगल, शौचालय जहाँ एकान्त हुन्छ त्यस्ता निरीह मानिसका लागि सुरक्षित स्थान मानिन्छ र त्यहाँ उसले आफ्नो अनुकूलतामा आत्महत्या गर्न विवश हुनछ । जो मानिस आत्महत्या गर्न विवश छ भन्ने कुराको मनोवैज्ञानिक धारणा बुझ्न कोशिश गर्ने वा उसका दैनिक गतिविधि र व्यवहारलाई नजिकबाट नियाल्ने कसले ? सम्बन्धित जो छ ऊ आफैलाई आत्महत्यासम्म गर्ला भन्ने अनुमान गर्न जो कसैलाई कठिन हुन्छ तथापि कुनै पनि व्यक्तिको आर्थिक, पारिवारिक, लागत राख्ने र व्यक्तिगत जीवन सुरक्षाको निम्ति राज्यले उपयुक्त नीति नबनाउँदासम्म यो श्रृंखला हाम्रो समाजमा झनै तीव्र रूपमा बढ्दै जानेछ । यसर्थ कोही किन गर्छ आत्महत्या भन्ने मनोवैज्ञानिक उपचार पद्धतिलाई व्यक्तिगत, पारिवारिक र आर्थिक विषयसँग जोडेर हेर्नुपर्ने हुन्छ जुन कुरा हामी सतही रूपमा हेर्ने गर्छौ जस्ले गर्दा यस्तो समस्याको निराकरणको त कल्पनै नगरौं न्यूनीकरण मात्र पनि ठूलो सफलता हुन सक्छ ।
केही दिन अगाडि मनोसामाजिक विमर्श मञ्चद्वारा आत्महत्या सम्बन्धी विषयमा अन्तक्रिया भयो उता कोपिला नोपलको आयोजनामा विश्व आत्महत्या रोकथाम दिवस १० सेप्टेम्बरको यसै अवसरमा कार्याशाला समेत सम्पन्न भयो । यसरी विभिन्न संघसंस्था र सरकारी निकाय समेतले औपचारिक कार्यक्रम गरी विश्व आत्महत्या दिवस मनाएका खबर सुन्न र पढ्न पाइयो तर आत्महत्याको कारणको खोजी र अनुसन्धानको आवश्यकता तर्फ ध्यान कसैको गएन मात्र औपचारिक कार्यक्रम गर्ने र तोकिएको खर्च सक्ने काम मात्र भएको देखिन्छ । आत्महत्या जस्तो मानव जीवनलाई विभिन्न कारणबाट आफ्नो ज्यान आफै लिने स्व. अपारध गरेर सांसारिक तनावबाट मुक्ति खोज्ने एउटा वर्ग हाम्रो समाजमा अद्यापि छदैछ, त्यो हाम्रै समाजको उपज हो ।
जसलाई उपयुक्त उपचार र समाधान दिन सक्ने सामाथ्र्यमा हामीले पहल गर्ने हो भने अहिलेको यो मनोसामाजिक रोग दक्षिण एशियामा सबैभन्दा बढी नेपालमा देखिनु र त्यस्मा पनि पुरुषवर्ग बढी प्रभावित हुनुले हाम्रो सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक अवस्थाको परिणाम हो भन्ने कुारमा दुईमत नहोला ।
“आत्महत्या रोकथाम सम्पूर्ण विश्व एकसाथ” को नाराले मात्र यो समस्या समाधान हुन सक्दैन भन्ने कुरा हामी सबैलाई थाहा छ, पर्चा पम्पलेट र कार्यशाला मात्रले पनि यो समस्याको न्यूनीकरण हुन सक्दैन भन्नेमा पनि हामी विश्वस्त छौं’ तथापि समस्या नितान्त व्यक्तिगत र पारिवारिक हो भन्नेमा पनि हामी सबै सहमत छौं, हामी सबै जो सचेत र जागरुक वर्ग छौं र यस्ता प्रकारका समस्याहरूको उचित समाधान के हुन सक्छ भन्ने बारे सोचविचार गर्छौ नि । तर हाम्रो आफ्नो मात्र एकल प्रयासले यस्तो डर लाग्दो सामाजिक रोग निको हुने त हैन न्यूनीकरण पनि हुन सक्दैन, यसप्रकारको समस्या झट्ट हेर्दा व्यक्तिगत जस्तो लाग्छ तापनि यो सामाजिक समस्या भएकोले यस्को निराकरण वा न्यूनीकरणमा राज्यको प्रत्यक्ष संलग्नता बिना सम्भव छैन तर हाम्रो राज्य यति गैर जिम्मेवारी बन्दै गैरहेको छु कि उच्च, सम्पन्न, पहुँचवाला परिवार, जो राज्यका सबै तहको नेतृत्वमा पहुँच पु¥याउन सक्छन् जो नेता, सरकार मन्त्रीहरूसँग नातावाद र कृपावादको सम्बन्ध जोड्न सक्छन् त्यस्ता सुखी, सम्पन्न र पहुँचवालाहरूका लागि मात्र राज्य छ सरकार छ नेता छ पार्टी छ सबै छ तर निम्नवर्ग, प्रतिस्पर्धामा असक्षम वर्ग उच्च स्तरको नेतृत्वमा कुनै प्रकारको पहुँच पु¥याउन नसक्ने वर्ग जस्ले आफ्नो व्यक्तिगत जीवनयापन, आफ्नै परिश्रम र सीपबाट गर्न खोज्छ, त्यहाँ उसलाई विभन्नि खाले बाधा अड्चनहरू खडा हुन्छन् । तनाव र अभावको त्यो जिन्दगीमा समाज, छिमेक र बदलिँदो परिवेश अनुरूपको जीवन निर्वाह कठिन मोडमा पुग्छ, तब मानसिक विचलन, नैराश्यता र सामाजिक रूपमा आफू कमजोर भएको महसुस हुन थाल्छ अनि मान्छे स्वभावतः जीवनको विकल्प खोज्न थाल्छ ।
यस्तै परिस्थिति र परिवेशमा अभावै अभावको तनावपूर्ण जिन्दगीको विकल्पमा जीवनलाई समाप्त गर्ने मनोवैज्ञानिक उपचार नै आत्महत्या भएको देखिन्छ । लोग्ने स्वास्नीबीचको टकराव, अध्ययनमा असपवmलता, आफ्नो इच्छा विपरितको परिणाम र व्यक्तिगत महत्वाकांक्षा, कमजोर आत्मबल आदिको कारण व्यक्तिगत रूपमा समस्या समाधान गर्ने क्षमताको अभाव, अशिक्षा र गरिबी नै हो भन्दा अतियुक्ति नहोला । यद्यपि आत्महत्या जस्तो जघन्य अपराध हाम्रो समाजमा यति विघ्न रूपमा बढ्दै जानुले सामाजिक र आर्थिक रूपमा राज्यलाई चुनौति हो कोही कसैले आफ्नो व्यक्तिगत जीवन आफै समाप्त गर्छ भने त्यसभित्र केही न केही कारण अवश्यमेव हुन्छ त्यो कारण भनेको गरिबी, बरोजगारी, आर्थिक पारिवारिक विपन्नता अभाव र उत्पीडन हो जस्लाई लोक कल्याणकारी राज्यले उचित सम्बोधन गर्न सक्नुपर्दछ तर हाम्रो मुलुकको वर्तमान राजनीतिक अवस्था र व्यवस्थाको परिणाम हत्या, बलात्कार, ठगी, चोरी र आत्महत्याका घटनाहरू दिनप्रतिदिन बढ्दै जानुमा राज्यले निरीहपन र नागरिकप्रतिको जवाफदेहिता नभएको भन्ने कुराको परिणाम हो ।
धनी सधैँ झन् धनी हुँदै जाने र गरिब झन् गरिब हुँदै आत्महत्या गर्न बाध्य बनाउने सामग्री संरचनाको उपज नै राज्यको शासनप्रणाली भएकोले सामाजिक अपराधको न्यूनीकरणका सबै प्रयासहरु कागजमा लिखित हुन पुगेका छन् यतिबेला हाम्रो राज्य संक्रमणकालीन अवस्थामा छ जहाँ कुनै ऐन कानुनले पनि राम्रो काम गर्न सकिरहेको अवस्था छैन, विधिको शासन कमजोर छ, संविधान बनाउने नाममा अर्बौ अरब खर्च भैरहेको छ तर राज्य एउटा नागरिकप्रति जिम्मेवार र जवाफदेही बन्न सकिरहेको छैन, यस्तो अवस्थामा यस प्रकारका घटनाहरुको नियन्त्रण त कल्पना नगरौं न्यूनीकरण मात्र पनि ठूलो सफलता मान्नुपर्ने हुन्छ ।

अधिवक्ता विष्णु अधिकारी

Post a Comment

 
Top