0
मुक्तिनाथ एयर लाइन्स प्रालिले आइतबार देखि औपचारिक रुपमा सेवा शुरु गरेको छ । अमेरिकामा निमार्ण भएको रविन्सन आर ४४ हेलिकप्टरबाट सेवा शुरु गरेको हो । पोखरालाई मुख्य बेस मानेर सेवा सुरु गरेको मुक्तिनाथले पोखरामा माउन्टेन फ्लाईट र उद्धारका काम विशेष ध्यान दिने एयर लाइन्सका सन्चालक तथा पाइलट रानेस्ट डङगोलले जानकारी दिए । उनले शुभारम्भको अवसरमा डिसेम्बर १५ सम्म ३५ प्रतिशत छुटको व्यवस्था गरेको जानकारी दिए । उनले १५ मिनेटको प्याकेजको १ सय डलर र ३० मिनेटको ३ सय डलर पर्ने बताए । पोखराबाट हेम्जा धम्पुस, पन्चासे, फेवाताल र पोखरा विमानस्थल सम्मोको १५ मिनेटको प्याकेज रहेको बताए । त्यसै गरि पोखरा, सिक्लेस, कोर्चुङ, धम्पुस, पन्चासे, फेवाताल र विमान स्थल सम्मको ३० मिनेटको प्याकेज भएकोब बताए । उनले पाइलट सहित ४ जना यात्रु क्षमताको रहेको छ । सानो ठाउँमा पनि सधै बस्न सक्ने भएका कारण सुरक्षीत भएको डङगोलको दावी छ । ८ करोडको लागतमा सन्चालभएको मुत्तिनाथ एयर लाइन्समा ४ महिना भित्र थप नयाँ हेलिकप्टर ल्याउने प्रबन्ध निदेशक सरोज श्रेष्ठले जानकारी दिए ।

Post a Comment

 
Top