पोखराको पृथ्वीचोकमा सनसाईन हेल्थ केयर सेण्टर सञ्चालन गर्दै आएका विमलराज मैनाली करिब २५ लाख रुपैयाँ ठगी गरी फरार भएका छन् । विभिन्न सहकारी, म्यान पावर कम्पनीका प्रधिनिधिहरु, मेडिसेल्स व्यवसायी तथा सर्वसाधारणसंग विभिन्न बहानामा लिएको रकम लिएर मैनाली विगत १० दिनदेखि फरार रहेको पीडितहरुले बताएका छन् । नमस्ते बचत तथा ऋण सहकारी संस्थाको ५ लाख, सिटी बचत तथा ऋण सहकारी संस्थाको ३ लाख ५० हजार, सिटीजन बचत तथा सहकारी संस्थाको ८० हजार, दिनेश केसी २ लाख ५८ हजार, राधिका कुँवरको २ लाख, नारायण पौडेलको १ लाख ८० हजार, भगवती भूषालको १ लाख ४० हजार, राज गुरुंगको १ लाख, सरोज पौडेलको ९५ हजार लगायत अन्य व्यक्तिहरुको रकम लिएर मैनाली फरार भएका हुन् । “विश्वासको आधारमा पैसा दिएकी हुँ, पहिले पहिले राम्रै व्यवहार गरेको थियो अहिले आएर यस्तो भयो” पीडित मध्येकी भगवती भूषालले भने । मैनालीले पृथ्वीचोकमा रहेको सनसाईन हेल्थ केयर सेण्टर आप्mनो एकलौटी रहेको बताउँदै आएका थिए । तर उक्त सेण्टर काठमाडौंमा सनसाईन मेडिकलका सञ्चालक एवं स्वास्थ्य व्यवसायी महासंघका निवर्तमान अध्यक्ष समेत रहेका प्रविण तिवारीले आप्mनो ६७ प्रतिशत लगानी रहेको दावी गरेका छन् । हाल फरार रहेका मैनालीबारे आपूm अनविज्ञ रहेको तिवारीले दावी गरेका छन् । यता पीडितहरुले भने तिवारीकै मिलेमतोमा मैनाली फरार रहेको हुनसक्ने आशंका गरेका छन् ।२५ लाख ठगेर सनसाईनका विमलराज फरार
पोखराको पृथ्वीचोकमा सनसाईन हेल्थ केयर सेण्टर सञ्चालन गर्दै आएका विमलराज मैनाली करिब २५ लाख रुपैयाँ ठगी गरी फरार भएका छन् । विभिन्न सहकारी, म्यान पावर कम्पनीका प्रधिनिधिहरु, मेडिसेल्स व्यवसायी तथा सर्वसाधारणसंग विभिन्न बहानामा लिएको रकम लिएर मैनाली विगत १० दिनदेखि फरार रहेको पीडितहरुले बताएका छन् । नमस्ते बचत तथा ऋण सहकारी संस्थाको ५ लाख, सिटी बचत तथा ऋण सहकारी संस्थाको ३ लाख ५० हजार, सिटीजन बचत तथा सहकारी संस्थाको ८० हजार, दिनेश केसी २ लाख ५८ हजार, राधिका कुँवरको २ लाख, नारायण पौडेलको १ लाख ८० हजार, भगवती भूषालको १ लाख ४० हजार, राज गुरुंगको १ लाख, सरोज पौडेलको ९५ हजार लगायत अन्य व्यक्तिहरुको रकम लिएर मैनाली फरार भएका हुन् । “विश्वासको आधारमा पैसा दिएकी हुँ, पहिले पहिले राम्रै व्यवहार गरेको थियो अहिले आएर यस्तो भयो” पीडित मध्येकी भगवती भूषालले भने । मैनालीले पृथ्वीचोकमा रहेको सनसाईन हेल्थ केयर सेण्टर आप्mनो एकलौटी रहेको बताउँदै आएका थिए । तर उक्त सेण्टर काठमाडौंमा सनसाईन मेडिकलका सञ्चालक एवं स्वास्थ्य व्यवसायी महासंघका निवर्तमान अध्यक्ष समेत रहेका प्रविण तिवारीले आप्mनो ६७ प्रतिशत लगानी रहेको दावी गरेका छन् । हाल फरार रहेका मैनालीबारे आपूm अनविज्ञ रहेको तिवारीले दावी गरेका छन् । यता पीडितहरुले भने तिवारीकै मिलेमतोमा मैनाली फरार रहेको हुनसक्ने आशंका गरेका छन् ।
Post a Comment