0
सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा पृथ्वीचोक पोखराको आयोजनामा र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको प्रविधिक सहयोगमा छोरेपाटन उ.मा.वि. का कक्षा १० मा अध्ययरत विद्यार्थीहरुलाई ट्राफिक नियम सम्बन्धि सचेतनामूलक स्कुल सम्पर्क कार्यक्रम सम्पन्न भयो । सेवा केन्द्रका उपाध्यक्ष गजेन्द्रमान श्रेष्ठको अध्यक्षतामा र सोही विद्यालयका प्राचार्य लक्ष्मणबहादर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको विशेष अतिथि सामुदायिक सेवा जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष विष्ण बहादुर भट्टराई रहेका थिए । कार्यक्रम संयोजक कार्य समिति सदस्य कल्पना बरालको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्र.ना.नि.राजेन्द्र बहादर कार्कीले ट्राफिक नियमको लार्पबाहीबाट हुन सक्ने दर्घटना र त्यसबाट बच्ने उपायहरु श्रव्य दृश्यमार्पmत प्रष्ट पार्न भएको थियो । सो कार्यक्रममा बोल्दै प्रमुख अतिथि थापाले जति जति मानिसको चाप बढ्दै जान्छ त्यति नै दुर्घटना पनि बढ्दै जान्छ र चालकहरुको लार्पवाहीका कारण सवारी दुर्घटना बढी हुने गरेको स्पष्ट पारे ।
विद्यार्थी भाईबहिनी हरुले आजको यस प्रशिक्षणबाट सिकेका कुराहरुलाई भोलिको प्रार्थानामा अरु कलासका विद्यार्थीहरुलाई पनि सिकाउन पर्ने बताउँदै यसरी सचेतनाको प्रशिक्षण दिन आफ्नो स्कुललाई रोजी प्रशिक्षण दिन आएकोमा सामुदायिक सेवा केन्द्र र प्रशिक्षण दिने जिल्ला ट्राफि प्रहरी कार्यालय कास्कीलाई समेत धन्यावाद दिए । कार्यक्रमका अध्यक्ष गजेन्द्रमा श्रेष्ठले सामुदायिक सेवा केन्द्रको परिचय तथा यसले गरेका काम कार्यको बारेमा प्रष्ट पार्दै विद्यार्थी भाई वहिनीहरुले आजको यस प्रशिक्षमा सिकेका कराहरु विद्यालय आउदा जादा अरुलाई पनि सिकाउन पर्ने र ट्राफिक नियम सम्बन्धि सवैलाई ज्ञान भएमा सडक दुर्घटनामा कमी हुने बताए भने सो प्रशिक्षण कार्यक्रमको संचालन संस्थाका सचिव जयराम अधिकारीले गरेका थिए ।

Post a Comment

 
Top