0
विश्व मधुमेह दिवस यहि कार्तिक २९ गते शुक्रबार विश्वभर मनाइँदैछ । नेपालमा पनि विभिन्न अस्पताल तथा संघसंस्थाहरुले विविध कार्यक्रम आयोजना गर्दैछन् । यसैक्रममा पोखरा उपमहानगरपालिका वडा नं. १० ईन्द्रचोकमा रहेको आरोग्यधामको होमियोप्याथिक हस्पिटलले विश्व मधुमेह दिवस २०१४ मनाउने भएको छ  । दिवसका अवसरमा आरोग्यले मधुमेह हुन सक्ने कारणहरु र मधुमेह निवारणको वारेमा सर्वसाधारणलाई जानकारी भएको छ । लायन्स क्लब अफ पोखरा पिस चौतारीको आयोजना तथा अरोग्य होमियोप्याथिक हस्पिटलको प्राविधिक सहयोगमा निःशुल्क मधुमेह परीक्षण गरिने क्लबका सचिव मगनलाल श्रेष्ठले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए । लायन्स क्लब अफ इन्टरनेशनलले विगत लामो समयदेखि डायविटिज(चिनिरोग) सम्वन्धि सचेतनामूलक कार्यक्रम गर्दै आएको छ । समाजमा चिनिरोगका बिरामीहरु बढ्दै गएको र यसले बिस्तारै मानवीय स्वास्थ्यमा नकारात्मक असर पार्दै जाने भएकोले समयमा सचेत हुदाँ चिनि रोगबाट बच्न सकिने आरोग्यका प्रवन्ध निर्देशक एवं लायन्स क्लव अफ पोखरा पिस चौतारीका अध्यक्ष डा. विष्णु चापागाईंले जानकारी दिए ।

Post a Comment

 
Top