0

११औंै लेखनाथ महोत्सव मंसिर  तेस्रो सातादेखि हुने भएको छ । लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्यय संघको संयुक्त आयोजनामा मंसिर  १८ देखि २९ गतेसम्म संचालन गर्ने तयारी गरिएको बुधबार  आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।
लेखनाथ महोत्सवले  कृषि प्रदर्शनी, डेरी प्रदर्शनी, खाना महोत्सव, अटो, हस्तकला, मेशेनरी, फूड एण्ड वेभरेज, साधारण, गार्मेन्ट र कर्पोरेट गरि ३०० स्टल रहने संघका अध्यक्ष एवं महोत्सव संयोजक बावुराम गिरीले बताए । लेखनाको विकासका लागि महोत्सवले सहयोग पुग्ने विश्वास ब्यक्त गर्दै अध्यक्ष गिरीले बार्षिक रुपमा आयोजना हुने महोत्सव लेखनाथबासीको संस्कृति भएको बताए । अध्यक्ष गिरीले महोत्सवमा कृषि उत्पादनलाई प्राथमिकता दिइने बताउँदै एघारौ महोत्सवमा स्थानिय उत्पादनलाई प्रोत्साहनका लागी छुटटै लेखनाथ पेभेलियनको अवधारणा ल्याएको बताए ।
महोत्सवका आकर्षणहरुमा औद्योगिक ब्यापार मेला, हस्तकलाका सामानहरु, फुड फेस्टिवल, अटोमोवाइल प्रदर्शनी, वित्तिय तथा अन्य सेवामुलक संघ संस्थाको सेवा तथा जानकारी, यस क्षेत्रमा उत्पादित सुन्तला, माछा, मौरी, कफि र दुग्ध उत्पादनको प्रदर्शनी, तरकारी, जैविक विविधता, कुखुरा प्रदर्शनी रहेको संघका प्रथम उपाध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीले जानकारी दिए ।
त्यस्तै महोत्सवमा स्थानीय प्रतिभाको खोजी अन्र्तरगत गायन विधामा गण्डकी तारा, विद्यालय स्तरिय लोक नृत्य लगायतका विभिन्न प्रतियोगिता  आयोजना गरिने भएको छ । महोत्सवका लागि तयार गरिएका स्टलहरु मध्ये ८५ प्रतिशत स्टल वुकिङ भईसकेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । महोत्सव सम्पन्न गर्नका लागि आवश्यकता अनुसार ४१ सदस्सीय कार्यसम्पादन समिति, ७ सदस्सीय निर्देशक समिति, नगर स्तरीय राजनीतिक पाटीहरुलाई समावेश गरि १२ सदस्सीय सल्लाहकार समिति काम र प्रकृतिको आधारमा ३० वटा उपसमितिहरु गठन गरिएको प्रचार–प्रसार उपसमिति संयोजक भरतकुमार अधिकारीले बताए ।

Post a Comment

 
Top