0
 
इन्जिनियरिङ्ग अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस पोखराका उपप्राध्यापक रन्जितकुमार गुप्ता विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौमा आरोपत्र दायर गरेको छ । गुप्ताले एउदै समयमा दुई ठाँमा जागीर गरेको भन्ने उजुरीको आधारमा अनुसन्धान गर्दा दोषि देखिएको भन्दै उजुरी गरेको अख्तियारले जनाएको छ ।
गुप्ताले त्रिवि सेवा प्रवेश गर्नुअधि नै मनिपाल शिक्षण अस्पतालमा काम गरिहेको र इन्जिनियरिङ्ग क्याम्पस तर्फ वि।स।२०५४ साल दश महिना १० गते देखि २०७१ साल सम्म प्राप्त गरेको तलब, भत्ता, थप संचयकोष, दशै खर्च, अन्य भत्ता बापतको कुल ३४ लाख ६६ हजार दुई सय चौध रुपैयाँ पच्चीस पैशा दोहोरो भुक्तानी लिई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८(३) द्धारा परिभाषित कसुर गरेको पुष्टि भएकाले गुप्तालाई बुधबार मुद्धा दायर गरिएको हो । गुप्तालाई ३४ लाख ६६ हजार दुई सय चौध रुपैयाँ पच्चीस पैसा कायम गरि सोही ऐन अनुसार हदै सम्मको सजाय मागदावी लिई विशेष अदालतमा आरोपत्र दाय गरिएको अख्तियारले जनाएको छ ।

Post a Comment

 
Top