
उक्त अवसरमा बाँसुरी तथा धिमे बाजा प्रशिक्षक नेवा दे दवूः काठमाण्डौका सदस्य सूर्य नारायण महर्जनलाई विन्ध्यवासिनीको मन्दिरको चिनो, सम्मानपत्रले सम्मान गरिएको थियो । कार्यक्रममा किरण आर्ट ग्यालरीका प्रो किरण रन्जीत र समिता रन्जीतले माछापुच्छे«को तस्वीर मायाको चिनो प्रदान गरेका थिए । कार्यक्रममा सहयोगी संस्थाको रुपमा नेवाःदे दवूः काठमाण्डौ, विश्वकर्मा मन्दिर रामजबार, तनहुँ नेवाः खल तनहुँ, कालिका मन्दिर संचालक समितिलाई सम्मान गरिएको थियो । कार्यक्रममा नेवाः खल कास्कीका अध्यक्ष अशोक पालिखे, जनजाति महासंघ तनहुँका सल्लाहकार शंकर नारायण श्रेष्ठ, ब्यास नगरपालिकाका पूर्व मेयर ताराप्रसाद श्रेष्ठ, नेवाः ल्यामः दवूका केन्द्रीय अध्यक्ष सत्यनारायण डंगोल, नेवाःमिसाः पुच कास्कीका महासचिव संगीता बज्राचार्य, नेवा गुठी काठमाडौंका अध्यक्ष गणेशमान श्रेष्ठ, लक्ष्मी महर्जन, प्रशिक्षक सूर्यनारायण महर्जन, नेवाः खल कास्कीका सदस्य विष्णु शंकर ख्वाउजु, टोल वकास संस्था महिला वडा समन्वय समितिका अध्यक्ष पवित्रा गुरुङ्ग, ममिता गौतम स्मृति प्रतिष्ठानका संरक्षक चन्द्रकिशोर गौतम, पत्रकार उदयमान अमात्य लगायतले आफ्नो विचार राखेका थिए । कार्यक्रममा पोखराका सबै नेवाः खलः मिसा पुच र रामबजारका संघसंस्थाको सहभागिता रहेको कार्यक्रममा समिति उपाध्यक्ष गणेश कुमार प्रधानले स्वागत गरेका थिए । कार्यक्रममा रामबजार तायाःमचाः नाच समिति रामबजार १०, १५ का अध्यक्ष सम्मर बहादुर श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रमको संचालन सचिव नारायण श्रेष्ठ र कलाकार शिल्पा ताम्राकारले संयुक्त रुपमा गरेका थिए ।
Post a Comment