जिल्ला प्रहरी कार्यालय कास्कीको हातामा बाल न्यायिक अनुसन्धान केन्द्रको भवन निर्माण गरिएको छ । अनुसन्धानका लागि हिरासतमा लिइएका बालबालिका लाई राख्न थ्री एन्जल्स नेपालको रु नौ लाख ७७ हजार ५७३ को लागतमा उक्त भवन बनाइएको हो । हिरासतमा राखिएका बालबालिकालाई हतकडी, उमेर पुगेका मानिस र एकान्त कुनामा राख्न नपाइने बालबालिका ऐनअनुसार उक्त भवन बनाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वसन्तकुमार लामाले जानकारी दिए । प्रहरी अतिरिक्त महानिरीक्षक वीरेन्द्रबाबु श्रेष्ठले नवनिर्मित भवनको आज बिहान उद्घाटन गर्दै समाजमा शान्ति सुव्यवस्था कायम गर्ने कार्यमा प्रहरी गैरसरकारी सङ्घसंस्थाको सहकार्यमा अघि बढ्ने धारणा राखे ।बाल न्यायिक अनुसन्धान केन्द्रको भवन निर्माण
जिल्ला प्रहरी कार्यालय कास्कीको हातामा बाल न्यायिक अनुसन्धान केन्द्रको भवन निर्माण गरिएको छ । अनुसन्धानका लागि हिरासतमा लिइएका बालबालिका लाई राख्न थ्री एन्जल्स नेपालको रु नौ लाख ७७ हजार ५७३ को लागतमा उक्त भवन बनाइएको हो । हिरासतमा राखिएका बालबालिकालाई हतकडी, उमेर पुगेका मानिस र एकान्त कुनामा राख्न नपाइने बालबालिका ऐनअनुसार उक्त भवन बनाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वसन्तकुमार लामाले जानकारी दिए । प्रहरी अतिरिक्त महानिरीक्षक वीरेन्द्रबाबु श्रेष्ठले नवनिर्मित भवनको आज बिहान उद्घाटन गर्दै समाजमा शान्ति सुव्यवस्था कायम गर्ने कार्यमा प्रहरी गैरसरकारी सङ्घसंस्थाको सहकार्यमा अघि बढ्ने धारणा राखे ।
Post a Comment