0
नेपाल प्रेस युनियनले श्रमजीवी सञ्चारकर्मीको अधिकारका लागि साझा टे«ड युनियको नेतृत्वका लागि पहल गर्ने भएको छ । युनियनको हालै पोखरामा सम्पन्न आठौँं राष्ट्रिय महाधिवेशनपछि नवलपरासीको अमलटारीमा बसेको पहिलो बैठकमा श्रमजीवी पत्रकारका हकहितको सुनिश्चित गर्न टूेड युनियन आन्दोलनका पक्षमा आफ्नो पूर्ववत् अडानलाई अझ सशक्त बनाउने निर्णय गरेको हो ।    श्रमजीवी पत्रकारको ट्रेड युनियन अधिकारको पक्षमा वकालत गर्दै नेपाल पत्रकार महासङ्घलाई ट्रेड युनियन संस्था तथा अभियानका रुपमा लैजानुपर्ने र त्यसका लागि महासङ्घ तयार नभए सञ्चारसँग सम्बन्धित अन्य वैचारिक संस्थासँग समेत छलफल चलाउनका लागि नेतृत्वदायी भूमिका लिने निर्णय भएको छ । युनियनको बैठकमा लोकतान्त्रिक संविधान आगामी माघ ८ भित्रै निर्माण गरी जारी गर्ने पक्षमा दलहरुलाई खबरदारी गर्दै त्यसका लागि राष्ट्रियस्तरमा दबाबमूलक कार्यक्रम गर्ने निर्णय गरिएको अध्यक्ष बद्री सिग्देलले जानकारी दिए । बैठकले संविधान सभा मार्फत लोकतान्त्रिक संविधान जारी गर्ने दलको प्रतिबद्धताअनुरुप निर्धारित समयमा संविधान जारी गर्न सकारात्मक खबरदारीका देशव्यापी रुपमा दबाब कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ ।
युनियनले श्रमजीवी पत्रकार ऐन तथा त्यसका आधारमा बनेको नियमावलीको कार्यान्वयनका साथै पत्रकारको दुर्घटना बिमा तथा औषधोपचार बिमाका लागि रोजगारदाता सञ्चारगृहलाई समेत उत्तरदायी बनाउनुपर्ने निर्णय गरेको युनियनका महासचिव अजयबाबु शिवाकोटीले बताए । कम्तीमा रु पाँच लाख बराबरको दुर्घटना बिमा तथा रु एक लाख बराबरको औषधोपचार बिमाको व्यवस्था गरी त्यसको तिर्नुपर्ने बिमा प्रिमियममा रोजगारदाता सञ्चारगृहले ६० प्रतिशत र श्रमजीवी पत्रकारले ४० प्रतिशत तिर्नुपर्ने व्यवस्था तत्काल लागू गर्ने निर्देशन जारी गर्न सरकारसँग बैठकले माग गरेको छ ।
बैठकले संसद्ले सार्वजनिक छलफलमा लागेको अदालतको अपहेलनासम्बन्धी विधेयकमा रहेका केही प्रावधान अभिव्यक्ति स्वतन्त्रता तथा जनताको सूचनाको हक नियन्त्रण हुने खालको भएको जनाउँदै थप छलफल तथा बहस चलाउने निर्णय गरेको छ । रेडियो, टेलिभिजन, पत्रपत्रिका तथा अनलाइन सञ्चारमाध्यमको सुदृढीकरण गर्न सरकारका स्थानीय विज्ञापन स्थानीय सञ्चारमाध्यममा समानुपातिक रुपमा वितरणका लागि युनियनले माग गरेको महासचिव शिवाकोटीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । युनियनले अपाङ्गतामैत्री सञ्चार गृहका लागि आग्रह गर्ने र अन्तर्राष्टिूूय पत्रकार महासङ्घका महासचिव वेथ कोस्टाले जारी गरेको अपिलअनुसार पत्रकार लक्षित आक्रमणमा देखिएको दण्डहीनताविरुद्धको अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।     अमलटारी बैठकले युनियनका जिल्ला तथा प्रतिष्ठानको साधारणसभा आगामी फागुनदेखि खोल्ने र क्षेत्रीय तथा अञ्चल समिति मङ्सिरभित्र गठन गरी क्षेत्रीयस्तर तथा अञ्चलस्तरका भेला मङ्सिरबाट माघसम्म गरिसक्नुपर्ने निर्णय गरेको छ ।  साथै युनियनका सबै जिल्ला तथा प्रतिष्ठानको साधारणसभा सकिएको तीन महिनाभित्र जिल्ला तथा प्रतिष्ठानका अध्यक्ष तथा सचिवको भेला गर्ने निर्णय भएको छ ।

Post a Comment

 
Top