0
ोखरा नगर रेष्टुरेण्ट तथा बार एशोसियशन(सिटी रेवान)ले आयोजना गरेको तेस्रो सिटी रेवान महोत्सव तथा फुड फेष्टिबलमा दर्शकको सहभागिता बढ्दै गइरहेको छ । पोखराको रङ्गशाला आयोजित महोत्सवमा दिउँसो लोक दोहोरी, हाँस्य प्रहसन र साँझ लाइभ पप कन्सर्ट आकर्षण बन्ने गरेको छ । शुक्रबारदेखि शुरु भएको महोत्सव कात्तिक २२ गतेसम्म चल्ने महासचिव एवं प्रवत्ता दिपक तिमिल्सिनाले जानकारी दिए ।
महोत्सवमा आइतबारदेखि लोक दोहोरी र गृहणी नृत्य प्रतियोगिता पनि शुरु भएको छ । लोक दोहोरीतर्फ आठ टिम र गृहणी नृत्य प्रतियोगितातर्फ आठ जनाले सहभागिता जनाएका छन ्। शनिवारदेखि शुरु भएको हाँस्य प्रदर्शन प्रतियोगिता आइतबार पनि जारी रहेको छ ।
पर्यटन प्रवद्र्वन, सामाजिक सेवा, उपभोक्ताको हित र लोक संस्कृतिको विकास गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो । महोत्सवमा आइतबार हाँस्य कलाकार जितु नेपालले दर्शकलाई हसाएका थिए । लोक दोहोरीतर्फ चन्द्र शर्मा, कृष्ण गुरुङ, चोलेन्द्र पौडेल, राजन कार्की, गिता के.सी, शिवहरि ढुङ्गाना, प्रदिप त्रिपाठी र केशव घिमिरेले प्रस्तुती राखेका थिए ।
सांस्कृतिक समितिका संयोजक जीवन दाहालका अनुसार सोमबार कलाकारहरु पुरुषोत्तम न्यौपाने, रमेश वि.जि, शर्मिला गुरुङ, कुमार पुन, तारापति सुवेदी, रामजी पौडेल, सुरेन्द्र गुुरुङ, लक्ष्मी नेपाली र तुलसा जि.सिले प्रस्तुती राख्ने छन् । महोत्सवमा विभिन्न व्यवसाय, रेष्टुरेण्ट, सुरक्षा र स्वास्थ्यका गरी एक सय २२ वटा स्ट्रल रहेका छन् । महोत्सव दुई लाख दर्शकले अवलोकन गर्ने अपेक्षा आयोजकको छ । महोत्सवको आकर्षणमा खानाका परिकारहरुवीच प्रतियोगिता, राष्ट्रिय स्तरको खुल्ला लोकदोहोरी प्रतियोगिता, गृहणी महिला नृत्य प्रतियोगिता, उपभोग्य बस्तुको प्रदर्शनी, स्थानीय उत्पादनको प्रदर्शनी, बाल उद्यान र ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुती रहने छ ।  महोत्सवमा यसपटक विवाहित पुरुषवीच नृत्य प्रतियोगिता, लोकल कुखुराको झोलसँग ढिंडो खाने प्रतियोगिता, लमजुङको ठाडो भाका, हास्य प्रहसन जस्ता कार्यक्रम पनि थप गरिएको छ । महोत्सव अवलोकन गर्न सर्वसाधारणका लागि ५० र विद्यार्थीका लागि ३० रुपैयाँको टिकट व्यवस्था गरिएको छ ।

Post a Comment

 
Top