0
पोखरा ४ चिप्लेढुङ्गामा प्रधान कार्यालय रहेको सिटी डेभलपमेण्ट बैंकले आर्थिक वर्ष २०७०÷०७१ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई २२ प्रतिशत बोनस शेयर वितरण गर्ने र सो को कर प्रयोजनार्थ १.१५७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव बैंकको १०२औं सञ्चालक समितिको बैठकले पारित गरेको छ । उक्त प्रस्तावित बोनस नेपाल राष्ट्र बैंकबाट स्वीकृतिपछि बैंकको आगामी आठौं वार्षिक साधारणसभाबाट पारित भए पश्चात वितरण गरिने छ । वोनस शेयर र बैंकले निष्काशन गरेको १० बराबर ३ को अनुपातमा हकप्रद शेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी रु ४६ करोड ८१ लाख ६० हजार पुग्ने भएको छ । बैंकका साबिक सेयरधनीहरुले आगामी मिति २०७१ साल मंसिर ९ गतेसम्म हकप्रद शेयर आवेदन दिन सक्ने छन । शेयर आवेदन बैंकका सम्पूर्ण शाखा कार्यालय लगायत निष्काशन तथा बिक्री  प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लि. मार्फत दिन सकिने बैंकले जनाएको छ ।
स्थापना कालदेखि नै आफ्ना ग्राहक प्रतिको सेवामा समर्पित हुदै बिभिन्न बैंकिरु कार्यहरु गर्दै आइरहेको बैंकले प्रधान कार्यलय चिप्लेढुङ्गा, ट्याक्सीचोक बगर, अमरसिंहचोक पोखरा, मिलनचोक हेमजा, भिमाद बजार तनहुँ, भोटेओडार लमजुङ, दमौली तनहुँ, नागडाँडा कास्की, तुरतुरे तनहुँको साथै नेपालको दुर्गम जिल्ला मानिने मनाङको चामेबजार, लेखनाथको शिशुवा, चितवनको नारायणगढ र बाग्लुङको महेन्द्रपथ गरी जम्मा १३ शाखा मार्फत बैंकिङ सेवा सञ्चालन गर्दै आइरहनुका साथै कास्कीको लामाचौर, बाग्लुङको कुश्मीसेरा, चितवनको मालपोत चोक र तनहुँको बन्दीपुरमा समेत शीघ्र शाखा सञ्चालन गर्न नेपाल राष्ट्रबैंकबाट स्वीकृत प्राप्त गरिसकेको जनाएको छ ।

Post a Comment

 
Top