0
विद्यार्थीहरूमा समसामयिक विषयको बारेमा जानकारीका गराउनुका साथै पढाइ तथा अतिरीक्त ज्ञानको अभिबृद्धि गराउने अभिप्रायले स्टेप वाई स्टेप उच्च मा.वि. मासवार पोखराले शुक्रबार निम्न माध्यमिक तहका विद्यार्थीहरू बीच अन्तर सदनात्मक हाजिरी जवाफ प्रतियोगिता संपन्न ग¥यो । विद्यालयका प्रिन्सिपल निर्मला बरालको सभापतित्वमा संपन्न उक्त्त प्रतियोगितामा कक्षा ६ र ७ का विद्यार्थीहरूको सहभागिता रहेको थियो । हाजिरी जवाफ प्रतियोगितामा आइन्स्टाइन सदनका विद्यार्थीहरू प्रशन्न पहारी, राधा सोनी, अमन पौडेल, कुन्जल अधिकारी र अभिनाम पराजुलीको समूह प्रथम भएको थियो । विद्यालयका अतिरिक्त कृयाकलाप इन्चार्ज जगन्नाथ घिमिरेको संयोजकत्वमा आयोजित सो हाजिरी जवाफ प्रतियोगिताको संञालन शिक्षक मेधनाथ गिरीले गरेका थिए ।

Post a Comment

 
Top