0
पुनरावेदन बार एशोसिएसन पोखराको शुक्रबार सम्पन्न बैठकले बारका अध्यक्ष खगेन्द्रराज आचार्यको संयोजकत्वमा पूर्व अध्यक्षहरु, वरिष्ठ अधिवक्ताहरु, नेपाल बार एशोसिएशनका पूर्व उपाध्यक्ष, पूर्वपार्षद रहने गरी सल्लाहकार परिषद गठन गरेको छ । बैठकले विभिन्न समितिका संयोजकहरु पनि गठन गरेको छ । जसमा मानवअधिकार तथा जनसरोकार समितिको संयोजकमा रोहितराज बास्तोला, कानुनी व्यवसायी कल्याणकारी समितिमा रघुनाथ अधिकारी, कानूनी साक्षरता समितिमा शुकदेव गौतम, पारर्दशी समितिमा कपिलमणि दाहाल, संचार समितिमा रमेश पौडेललाई चयन गरिएको वारका अध्यक्ष खगेन्द्रराज आचार्यले जानकारी दिए । साथै आगामीे मानवअधिकार दिवस १० डिसेम्बरका दिन बारले मानवअधिकार दिवस मनाउने पनि निर्णय गरेको उनले बताए ।


Post a Comment

 
Top