0
पोखराको बिरौटास्थित युवा जागरण समूहले पार्दीस्थित पार्दी उच्च माविका जेहेन्दार विद्यार्थीलाई वर्षभरि पुग्ने गरी शैक्षिक सामग्री वितरण गरेको छ ।
शुक्रबार विद्यालयमा आयोजि एक कार्यक्रममा एच.हार्ट अर्गनाइजेशनका बेल्यिजम प्रतिनिधि सेली स्कोटको सहयोगमा समूहले विद्यालयका कक्षा १ देखि १२ कक्षा सम्मका १२ जना विद्यार्थीलाई शैक्षिक सामग्री, झोला तथा नगद हस्तान्तरण गरेको हो । सहयोग प्राप्त गर्ने विद्यार्थीहरुमा गरिमा थारु, लक्ष्मण गुरुङ, विश्वास श्रेष्ठ, सफलता राई, लक्ष्मी नेपाली, मिलन गुन्हान, सन्देश राई, विष्णु अधिकारी, ज्योति राना, कमला क्षेत्री, मनकुमारी नेपाली र राजु परियार छन् । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुष्मा पौडेल, समूहका अध्यक्ष टीकाप्रसाद पौडेल, विद्यालयका प्रअ केदारनाथ बास्तोला, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ठाकुरप्रसाद पौडेल, बिरौटा बचत तथा ऋण सहकारीका अध्यक्ष जेकेन्द्र माझीले संयुक्तरुपमा वितरण गरे ।
समूहले विद्यालयबाट एसएलसी परीक्षामा उत्कृष्ट अंक ल्याउने एक छात्र र एक छात्रालाई पाँच हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेको समूहका सहसचिव ओमप्रकाश बरालले जानकारी दिए ।

Post a Comment

 
Top