0
पोखरा युनाईटेड क्लवले तीन दिने अवलोकन भ्रमण गर्ने भएको छ । मकवानपुरको हेटौंडामा रहेको सहित स्मृति पार्कमा अवस्थित चिडियाखानाको अवलोकन संगै नजिकिंदै गरेको पांचौ पोखरा महोत्वसको प्रचार–प्रसार गर्नका लागी बिहीबारदेखि तीन दिने अवलोकन भ्रमण गर्न लागेको क्लवका अध्यक्ष हिमालय बख्रेलले जानकारी दिए । तीन दिने अवलोकन भ्रमणको क्रममा पाल्पा, बुुटवल, लुम्बिनी, सौराहा र हेटौडामा रहेका विभिन्न संघ संस्थाहरुसंग अन्तरक्रिया कार्यक्रम गरिने समेत अध्यक्ष बख्रेलले बताए । पोखरामा नया गन्तब्य चिडियाखान निर्माणका लागि आवाज उठाउँदै आएको युनाईटेड क्लवले नेपालका विभिन्न ठाउँहरुमा सञ्चालन भएका चिडियाखानाको अवलोकन गर्नु नै भ्रमणको मुख्य उद्देश्य रहेको वताउदै अध्यक्ष बख्रेलले चिडियाखानको अवलोकन संगै यो भ्रमणले आगामी पुस ३० देखि माघ ८ गते सम्म अमरसिंह चौरमा आयोजना गर्न लागेको पांचौ संस्करणको पोखरा महोत्सवको समेत प्रचार–प्रसार हुने बताए ।

Post a Comment

 
Top