0
नेपाल लोकतान्त्रिक खेलकुद संघले देशव्यापी संगठन गर्ने शिलशिलामा मंगलबार स्याङ्जा  जिल्लामा प्रथम भेला सम्पन्न गरेको छ । सभासद् राजु थापा लगायत स्याङ्जा काँग्रेसका नेताहरुको सहभागितामा सम्पनन भएको भेलामा नेपाल लोकतान्त्रिक खलकुद संघका केन्द्रीय सदस्य विष्णुबहादुर क्षेत्रीको आतिथ्यतामा भएको थियो । भेलाले जिल्ला तदर्थ समितिका लागि ३० जनाको नाम समेत सर्वसम्मत प्रस्ताव गरेको छ । प्रस्ताव गरिएका नामहरु केन्द्रीय सदस्य क्षेत्रीले केन्द्रीय कार्य  समितिमा प्रतिवेदन सहित प्रस्ताव लाई केन्द्रीय कमिटिले अनुमोदन गरे पछि जिल्ला समिति बन्ने बताइएको छ ।
भेलामा स्याङ्जा जिल्लाका विभिन्न खेलकुदमा क्रियाशील खेलाडीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

Post a Comment

 
Top