0

हिन्दु राष्ट्रको माग सहित राप्रपा नेपाल कास्कीले बुधबार पनि हस्ताक्षर अभियान आयोजना गरेको छ । क्षेत्र नं. २ अन्तर्गत बिहान ८ देखि १२ बजेसम्म मनिपालमा र १ बजेदेखि ५ सम्म शोभा भगवती मिनी मार्केटमा आयोजना गरिएको कार्यक्रममा २ हजार बढि संकलन भएको थियो । कार्यक्रममा बोल्दै क्षेत्रीय अध्यक्ष गीता गुरुङले धर्म तथा देशको पहिचान बचाउने यस अभियानमा जुट्न सबैलाई आह्वान गरिन । केन्द्रीय सदस्य कुलबहादुर गुरुङ ‘कुलु’ ले राष्ट्रिय गीतमा नाच्दै देशको पहिचान जोगाउन आग्रह गरे । कार्यक्रममा जिल्ला सहसचिव रञ्जना सेन पौडेल, क्षेत्रीय कोषाध्यक्ष शर्मिला गुरुङ, वयोवृद्ध राष्ट्रिय सम्मानित लक्ष्मण कार्की, वडा इकाइ सदस्य दिलु गुरुङ, मोतिमान शाक्य, पूर्णबहादुर गुरुङ, परमेश्वर बस्ताकोटी, धमेन्द्र थापा, अमिर मिया लगायतको सहभागिता थियो ।

Post a Comment

 
Top