0
पोखरामा बिहीबार कास्की जिल्लाका सामाजिक परिचालकहरुको पहिलो जिल्ला भेला सम्पन्न भएको छ । सिद्वार्थ क्लव पोखरा र बाल तथा महिला सशक्तिकरण समाज नेपालले संयुक्त रुपमा आयोजना गरेको भेलामा ४७ जना सामाजिक परिचालकहरुको सहभागिता रहेको थियो । परिचालकहरुले कार्यक्षेत्रमा संचालन गर्दै आएका गतिविधिको समीक्षा तथा आगामी दिनमा भूमिकालाई थप शशक्त र प्रभावकारी बनाउनका लागि रणनीति तय गर्ने उद्देश्यले भेला आयोजना गरिएको हो । भेलामा कार्यक्षेत्रमा सामाजिक परिचालक बाट देखिएका सकारात्मक परिवर्तन, नागरिक सचेतना केन्द्रमा छलफल भएका प्रमुख सवालहरु र समाधानका लागि गरिएका प्रयासहरु, वडा नागरिक मञ्च र सरकारी तथा गैससवीचको समन्वय र सहकार्य, सामाजिक परिचालनमा आइपरेका अप्ठ्यारा लगायतका विषयमा छलफल भएको थियो । भेलामा बाल तथा महिला सशक्तिकरण समाज नेपालकी कार्यक्रम संयोजक दुर्गा शर्मा सिग्देल, सिद्वार्थ क्लबका कार्यक्रम संयोजक दुर्गा खनाल, बाल प्रायोजन प्रमुख बलराम तिमिल्सिनाले सहजीकरण गरेका थिए । भेलाको उद्घाटन गर्दै जिल्ला विकास समिति कास्कीका सामाजिक विकास अधिकृत अर्जुन न्यौपानेले सामाजिक रुपान्तरणको अभियानमा सामाजिक परिचालकरुको महत्वपूर्ण भूमिका रहेको बताए । कार्यक्रममा गैर सरकारी संस्था महासङ्घ कास्कीका अध्यक्ष गोपाल खड्का, बाल तथा महिला सशक्तिकरण समाज नेपालकी अध्यक्ष सीता भट्टराई, एलजीसिडीपीका कार्यक्रम संयोजक चन्द्र रेग्मी, अर्मला गाविसका सचिव राजेन्द्र आचार्य, एक्सन एड् नेपालका प्रमोद जैसवाल र जिल्ला विकास समिति कास्कीका कृष्ण अवस्थीले बोलेका थिए । भेला सिद्वार्थ क्लब पोखराका अध्यक्ष दिपेन्द्र मर्सानीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Post a Comment

 
Top