0
पोखरा ६ बैदाम स्थित साइनिङ स्टार आवासीय माविमा वार्षिक खेलकुद कार्यक्रम २०७१ शुरु भएको छ । मंसिर ४ र ५ गते दुई दिवसीय रुपमा संचालन गरिने उक्त कार्यक्रमको उद्घाटन गर्दे जिल्ला शिक्षा कार्यालय कास्कीका विद्यालय निरीक्षक विमला कुमारी शर्माले विद्यालयले विद्यार्थी केन्द्रित शिक्षामा आधारित रहेर कक्षागत शिक्षाको अलावा खेलकुद र मनोरञ्जनमा पनि ध्यान दिन आग्रह गरे । विद्यालयका प्रअ नारायण प्रसाद पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सल्लाहकार सदस्य विष्णुहरि अधिकारी तथा खेलकुद पत्रकार मञ्च कास्कीका उपाध्यक्ष प्रेम नारायण न्यौपानेले शुभकामना मन्तव्य राखेका थिए । शिक्षक वीरबहादुर क्षेत्रीको संयोजकत्वमा सम्पन्न कार्यक्रम विद्यालयका सह प्र.अ. अर्जुन प्रसाद पाण्डेले संचालन गरेका थिए । कार्यक्रममा शिक्षक तिलक काफ्लेले स्वागत मन्तव्य राखेका थिए । कक्षा नर्सरीदखि १० सम्मका विद्यार्थीले विभिन्न विधामा प्रतिस्पर्धा गर्ने उक्त कार्यक्रमको बारेमा विद्यालयका सहक्रियाकलाप विभाग प्रमुख रोशन जिरीले कार्यक्रममा प्रकाश पारेका थिए भने कार्यक्रममा नृत्य समेत प्रस्तुत गरिएको थियो ।

Post a Comment

 
Top