
छलफलमा पुरावेदन बार एशोसिएसनका उपाध्यक्ष अधिवक्ता बलराम तिमिल्सिना सचिव इन्द्रप्रसाद बराल, कास्की जिल्ला बारका अध्यक्ष पदमपाणि देवकोटा, प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन कास्कीका अध्यक्ष सुकदेव गौतम, गणतान्त्रिक कानुन व्यवसायी संगठन कास्की संयोजक टंक शर्मा लगायतले आ–आफ्ना धारणा राख्दै नोटरी पेशालाई मर्यादित तथा व्यवसायिक बनाउन नोटरी आचारसंहितामा रहेर काम गर्नुपर्ने बताए । कार्यक्रम एशोसिएसनका उपाध्यक्ष डा. कृष्णगोपाल पराजुलीको स्वागत तथा सचिव गीता आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो । आगामी फागुन १ गते नोटरी दिवस कार्यक्रमलाई भव्य रुपमा मनाउन तथा नोटरीसम्बन्धी कुनै पनि कार्यहरू कानुन विपरित गरे÷गराएको पाइएमा सम्बन्धित निकायमा आवश्यक जानकारी गराई नोटरी पब्लिकलाई स्थानीय तहमा व्यापक प्रचारप्रसार गर्नुपर्ने आवश्यकता छलफलमा औंल्याइएको थियो ।
नेपाल अन्तरीम संविधानले नेपाली भाषालाई सरकारी कामकाजको भाषा भनी उल्लेख भए तापनि स्थानीय निकायबाट अंग्रेजी भाषामा पनि विभिन्न कागजातहरू बनाउने कार्य पाइएकोले त्यसतर्फ नोटरी पब्लिकले गम्भीर छलफलको विषय बनाउनुपर्नेे कुरा उपस्थित सहभागीहरूले बताएका थिए ।
Post a Comment