0

पोखरा नगर रेष्टुरेण्ट तथा बार एशोसिएशन (सिटी रेवान)को आयोजनमा संचालित तेस्रो सिटी रेवान महोत्सव तथा फुड फेष्टिबल आईतबार सम्पन्न भएको छ । करिव एक लाख दर्शकले महोत्सवको अवलोकन गरेका सिटी रेवान पोखराका महासचिव दीपक तिमिल्सिनाले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए । पर्यटन प्रवद्र्वन, सामाजिक सेवा, उपभोक्ताको हित र लोक संस्कृतिको विकास गर्ने उदेश्यले महोत्सव आयोजना गरिएको हो ।
 महोत्सवमा भएको विवाहित पुरुष नृत्य प्रतियोगितामा वलराम पौडेल प्रथम भएका छन् । उनले नगद १२ हजार र मायाको चिनो प्राप्त गरेका थिए । त्यसैगरि दिपक परियार द्वितीय, धर्मेन्द्र पौडेल तृतीय र लोकराज पहारी सान्त्वना भएका थिए । उनीहरुले क्रमशः आठ हजार, पाँच हाजर, तीन हजार र मायाको चिनो प्राप्त गरेका थिए । गृहणी नृत्य तर्फ सविना थापा प्रथम भएकी थिईन् । उनले छड्के तिलहरी र मायाको चिनो प्राप्त गरेकी थिईन् ।
 त्यसैगरि द्धितीय हुने विना पुनलाई सुनको चन्द्रमा, तृतीय हुने सलिना श्रेष्ठलाई चादीको पाउजु तथा सान्त्वना हुने मनु रानालाई कुर्था सुरवाल र पार्वती सुनारलाई नगद दुई हजार प्रदान गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला प्रशाशन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले महोत्सवले आर्थिक क्रियाकलावमा सकारात्मक सन्देश दिएको बताए । कार्यक्रममा सिटि रेवान पोखराका संस्थापक अध्यक्ष तथा वरिष्ठ सल्लाहकार चिरञ्जीवि श्रेष्ठ, नेकपा एमाले कास्कीका अध्यक्ष कृष्ण थापा, राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठानका संरक्षक प्रजापति पराजुली, साँस्कृतिक उपसमिति संयोजक जीवन दाहाल, पृथ्वी होटल व्यवसायी समितिका महासचिव कमल न्यौपाने लगायतले बोलेका थिए । पोखरा नगर रेष्टुरेण्ट तथा बार एशोसिएशन (सिटी रेवान)का अध्यक्ष के.पी. शर्मा पाध्याको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व अध्यक्ष यामबहादुर गुरुङले धन्यवाद र महासचिव दीपक तिमिल्सिनाले कार्यक्रम सञ्चालन गरेका थिए ।

Post a Comment

 
Top