0

सिद्धार्थ क्लबले आउँदो बिहिबार न्युरोड स्थित सानिमा बैङकको प्राङगणमा रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ । रक्तसञ्चार केन्द्र, पोखरामा देखिएको रगतको अभावलाई कम गर्न कार्यक्रम गर्न लागिएको क्लबका अध्यक्ष दिपेन्द« मर्सानीले जानाकारी दिए । सिदार्थ क्लबले बिगत २० बर्ष देखि निरन्तर रुपमा रक्तदान कार्यक्रम गर्दै आएको र आगामी दिनमा पनि यस्ता कार्य निरन्तरता दिने कुरा रत्तदान कार्यक्रमका सयोंजक अनिल श्रेष्ठले बताए । रक्तदान कार्यक्रमबाट ४० युनिट रगत सङ्लन गरिने लक्ष राखिएको छ । कार्यक्रममा प्रबिधिक सहयोग रेडक्रसले गर्ने कुरा क्लबका व्यवस्थापन प्रमुख गोपाल श्रेष्ठले जानाकारी दिए ।
वि.सं. २०४१ सालमा स्थापना भएको सिद्धार्थ क्लबले वातावरण, शिक्षा, बालबालिका, महिला र स्वास्थ्य क्षेत्रमा सामाजिक कार्य गर्दै आईरहेको छ । क्लबको पोखरा क्षेत्रमा एम्बुलेन्स सेवामा उल्लेख्य योगदान गरेको छ ।




Post a Comment

 
Top