पोखराको अमरसिंहमा रहेको जागरण आमा समूहको भवन नजिक शौचालय निर्माणका लागि अमरसिंह महिला समुहबाट सहयोग रकम प्रदान गरिएको छ । मंगलवार एक कार्यक्रमका वीच अमरसिंह आमा समूहकी संस्थापक अध्यक्ष सेती थापाले शान्तिपथ गोर्खालाईन टोल विकास संस्थाका अध्यक्ष हितराज शर्मालाई ९८ हजार ६ सय ३६ रुपैयाँ सहयोग गरेको हो । जागरण आमा समुहको भवनमा शौचालयको अभाव भएपछि आफूहरुले सानो भएतापनि रकम हस्तान्तरण गरी शौचालय निर्माणका लागी रकम हस्तान्तरण गरिएको अमरसिंह आमा समुहकी संस्थापक अध्यक्ष सेती थापाले जानकारी दिएन । आमा समूहको भवनमा क्रियापुत्रीका लागि पनि ठाउँ रहेको, खानेपानी ट्याङकी समेत निर्माण गरिसकेको र अहिले आएर शौचालयको अभाव रहेकाले आफूहरुले शौचालय निर्माणका लागि आर्थिक सहयोग जुटाइ सहयोग गर्न पाउँदा खुसी लागेको बताइन । रकम हस्तान्तरण कार्यक्रममा वोल्दै शान्तिपथ गोर्खालाईन टोल विकास संस्थाका अध्यक्ष हितराज शर्माले जागरण आमा समुहको भवन परिसरमा शौचालय निर्माणलाई यथा सक्य छिटो काम शुरु गर्ने प्रतिवद्धता ब्यक्त गरे । युनाइटेड क्लवका अध्यक्ष हिमालय बख्रेल, क्लवका सह सचिव लोक वहादुर थापा लगायत क्लवका पदाधिकारीहरुको रोहवरमा उक्त रकम हस्तान्तरण गरिएको हो ।शौचालय निर्माणका लागि आर्थिक सहयोग
पोखराको अमरसिंहमा रहेको जागरण आमा समूहको भवन नजिक शौचालय निर्माणका लागि अमरसिंह महिला समुहबाट सहयोग रकम प्रदान गरिएको छ । मंगलवार एक कार्यक्रमका वीच अमरसिंह आमा समूहकी संस्थापक अध्यक्ष सेती थापाले शान्तिपथ गोर्खालाईन टोल विकास संस्थाका अध्यक्ष हितराज शर्मालाई ९८ हजार ६ सय ३६ रुपैयाँ सहयोग गरेको हो । जागरण आमा समुहको भवनमा शौचालयको अभाव भएपछि आफूहरुले सानो भएतापनि रकम हस्तान्तरण गरी शौचालय निर्माणका लागी रकम हस्तान्तरण गरिएको अमरसिंह आमा समुहकी संस्थापक अध्यक्ष सेती थापाले जानकारी दिएन । आमा समूहको भवनमा क्रियापुत्रीका लागि पनि ठाउँ रहेको, खानेपानी ट्याङकी समेत निर्माण गरिसकेको र अहिले आएर शौचालयको अभाव रहेकाले आफूहरुले शौचालय निर्माणका लागि आर्थिक सहयोग जुटाइ सहयोग गर्न पाउँदा खुसी लागेको बताइन । रकम हस्तान्तरण कार्यक्रममा वोल्दै शान्तिपथ गोर्खालाईन टोल विकास संस्थाका अध्यक्ष हितराज शर्माले जागरण आमा समुहको भवन परिसरमा शौचालय निर्माणलाई यथा सक्य छिटो काम शुरु गर्ने प्रतिवद्धता ब्यक्त गरे । युनाइटेड क्लवका अध्यक्ष हिमालय बख्रेल, क्लवका सह सचिव लोक वहादुर थापा लगायत क्लवका पदाधिकारीहरुको रोहवरमा उक्त रकम हस्तान्तरण गरिएको हो ।
Post a Comment