0
नागढुङ्गा–८, पोखरामा अवस्थित न्यूमोडल उच्च माविमा कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थीहरुको सप्ताहव्यापी शैक्षिक भ्रमण सम्पन्न भएको छ । पूर्वी नेपाल तथा सीमावर्ती क्षेत्रका विभिन्न औद्योगिक, पर्यटकीय तथा ऐतिहासिक महत्वपूर्ण स्थलहरुको अवलोकन भ्रमण सम्पन्न भएको विद्यालयका शैक्षिक विभाग प्रमुख मानबहादुर क्षेत्रीले जानकारी दिए । भ्रमणका क्रममा विद्यार्थीहरुले इलामको चिया बगान, धरानको बुढासुब्बा तथा दन्तकाली मन्दिर, धनकुटाको हिले, विराटनगरका विभिन्न औद्योगिक प्रतिष्ठान, जनकपुरको रामजानकी मन्दिर, जलेश्वर धामको भ्रमण गरेका थिए । यसैगरी हेटौडाको नेशनल पार्क तथा सौराहका विभिन्न सुन्दर तथा मनोरम स्थानको अवलोकन गरेका थिए । विद्यालयको नियमित पठनपाठन बाहेक आफ्ना देशका विभिन्न ऐतिहासिक औद्योगिक तथा पर्यटकीय स्थलको अवलोकन भ्रमणले विद्यार्थीहरुको ज्ञानको क्षितिज बढ्ने विद्यालयकी निर्देशक प्रभा गौतमले जानकारी दिइन् । भ्रमणदलमा कक्षा ८, ९ र १० का विद्यार्थी, शिक्षक विनोद तिमिल्सिना तथा निर्देशक प्रभा गौतम सम्मिलित थिइन् ।

Post a Comment

 
Top