
यसैबीच मंगलबार छात्रतर्फ चार तथा छात्रातर्फ दुई खेल सम्पन्न भएका छन् । छात्रतर्फ उद्घाटन खेलमा डिफेण्डिङ च्याम्पियन मनकामना बोर्डिङ स्कुलले बालकल्याण बोर्डिङ सकुललाई ६९–२७ ले पराजित ग¥यो। यस्तै कास्की मोडनाइज एकेडेमीले सोसियल पब्लिक स्कुललाई ४२–२८, माउण्ट अन्नपूर्ण उमाविले टप्स उमाविलाई ४८–४६ तथा सरस्वती आदर्श विद्याश्रम लामाचौरले पोखरा युनाइटेडलाई ४७–२१ ले पराजित ग¥यो । छात्रातर्फ ग्लोबल कलेजियट उमाविले सोसियल पब्लिक स्कुललाई ९–४ ले तथा डिफेण्डिङ च्याम्पियन माउण्ट अन्नपूर्ण उमावि सेतोले टप्स उमाविलाई ३६–८ ले पराजित ग¥यो । छात्रतर्फ समूह ए मा सोसियल पब्लिक स्कुल र कास्की मोडनाइज एकेडेमी, समूह बी मा टप्स उमावि र माउण्ट अन्नपूर्ण उमावि, समूह सी मा बालकल्याण बोर्डिङ स्कुल र मनकामना बोर्डिङ स्कुल तथा समूह डी मा सरस्वती आदर्श विद्याश्रम लामचौर, कुमुदिनी होम्स र पोखरा युनाइटेड रहेका छन् । छात्रातर्फ समूह ए मा माउण्ट अन्नपूर्ण उमावि रातो र बालकल्याण बोर्डिङ स्कुल, समूह बी मा ग्लोबल कलेजियट उमावि र सोसियल पब्लिक स्कुल, समूह सी मा कुमुदिनी होमस र सरस्वती आदर्श विद्याश्रम तथा समूह डी मा माउण्ट अन्नपूर्ण उमावि सेतो, टप्स उमावि र मनकामना बोर्डिङ स्कुल रहेका छन् ।
Post a Comment