0
लेखनाथ नगर क्षेत्रका युवाहरुको नेतृत्व तथा क्षमता विकासमा सहयोग पु¥याउने उद्देश्यका साथ स्थापना भएको लेखनाथ जेसीजको बार्षिक कार्यक्रम अन्तर्गत बिहीबार स्वर्णिम त्रिदिवसीय कार्यक्रमको पहिलो दिन बुद्धबुद्धालाई फलफूल तथा खाद्यान्न वितरण गरिएको छ । त्रिदिवसीय कार्यक्रम अन्तर्गत लेखनाथ–६ सहेलापाखामा रहेको श्री कुष्ण प्रणामी बाल तथा बृद्धआश्रममा रहेका बृद्धबृद्धाहरुको सम्मान तथा सुस्वास्थको कामना गर्दै फलफूल तथा खाद्य सामाग्री वितरण गरीएको  हो । कार्यमको उद्घाटन गर्दै लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बाबुराम गिरी ले लेखनाथको विकासका लागि यहाँ रहेका सामाजिक संघ सस्थाहरुको सहकार्य र एकताको खाचो रहेको धारणा राखेका थिए । सोही अवसरमा वोल्दै नेपाल रेडक्रस सोसाईटी अर्घांै उपशाखाका सभापति हिरामणि लामिछाने लेखनाथ जेसीजले लेखनाथ नगर पालिकालाई राष्ट्रिय स्थरमा चिनाउने किसिमका कार्यक्रम ल्याउनु पर्ने सुझाव राखेका थिए भने लेखनाथ उघोग वाणिज्य संघका महासचिव बलराम ढकालले आफू र उद्योग वाणिज्य संघले सदैब लेखनाथ जेसीजलाई सहयोग गरिरहने प्रतिबद्धता जाहेर गरेका थिए । लेखनाथ जेसीजका अध्यक्ष चित्र भट्टराई (सञ्जय) को अध्यक्षतामा भएको सो कार्यक्रममा संयुत्त गोर्खा भूपू सैनक क्लबका अध्यक्ष मेजर राम प्रसाद गुरुङ,लेखनाथ जेसीजका भूपू अध्यक्ष सुमन भण्ट्टराई,लक्ष्मीप्रसाद त्रिपाठी, सुरजजङ राणा, विवेक लाल श्रेष्ठ, ऋषिराम जम्मरकट्टेल र निवर्तमान अध्यक्ष नगेन्दराज बराल लगायतले शुभकामना मन्तब्य राखेका थिए । मूल संयोजक सन्दीप ढुंगानाले त्रिदिवसीय कार्यक्रमका बारेमा जानकारी गराएको सो कार्यक्रमका संयोजक चिरन्जीबी न्यौपानेले स्वागत मन्तव्य र लेखनाथ जेसीजका महासचिव विनोद प्रसाद लामिछानेले कार्यक्रम सञ्चालन गर।ेका थिए ।

Post a Comment

 
Top