
पोखराको श्रृजनाचोकमा केन्द्रीय कार्यालय रहेको कामना बिकास वैंकले आठौं वर्षमा प्रवेश गरेको अवसरमा लेखनाथ नगरपालिका वडा नं. १, भण्डारढिक स्थित दिपशिखा सामुदायिक पुस्तकालयलाई विभिन्न प्रकारका पुस्तकहरु प्रदान गरेको छ । ती पुस्तकको मूल्य २५ हजार रुपैयाँको रहेको बैकले जनाएको छ । वैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत यसअघि लेखनाथ सामुदायिक लायन्स अस्पतालको मुख्य प्रवेश द्वार निर्माण, पोखरा उ.म.न.पा. वडा नं ३ को नारायणस्थान मन्दिरमा यज्ञशाला निमाण, पोखराको महतगौंडा तथा लेखनाथको गगनगौंडामा अवस्थित राधाकृष्ण मन्दिरको वृद्धाश्रममा खाद्यान्न सामाग्री, भांँडा वर्तन तथा लत्ता कपडाहरु बितरण गरेका थियो । वैंकका अध्यक्ष राजेन्द्रनिधि कोईरालाको सभापतित्वमा सम्पन्न कार्यक्रममा वंैंकका संचालक खेमनाथ भट्टराई, वैंकका सह–महाप्रवन्धक टुवराज वाँस्तोला लगायतले बैंकको गतिविधिका बारेमा चर्चा गरेका थिए । वैंकका प्रमुख कार्यकारी अधिकृत उमेश कुमार आचार्यले वैंकको आर्थिक गतिबिधि तथा सामाजिक उत्तर दायित्व अन्तर्गत वैंकले हाल सम्म निर्वाह गरेको भूमिकाको वारेमा प्रकाश पारेका थिए । कार्यक्रममा पुस्तकालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णहरि भण्डारीले वैंकले गरेका यस्ता सामाजिक कार्यहरुको प्रशंशा गर्दे वैंकले आफ्नो व्यावसायिक हितलाई मात्र नहेरी सामाजिक हितमा लागेकोमा प्रशंसा गरे । २०६४ सालमा स्थापित यस वैंकले ले आ.व. २०७१÷७२ को प्रथम त्रयमासको अन्त्यसम्ममा कूल २ अर्व ६९ करोड निक्षेप संकलन गरी सोही अवधिमा कूल २ अर्व १६ करोड कर्जा लगानीका साथसाथै २ करोड ४० लाख संचालन मुनाफा आर्जन गर्न सफल भएको छ भने वैंकको खराव कर्जाको प्रतिशत अतिनै न्युन अर्थात ०.३५ प्रतिशत रहेको छ । यस वैंकले कृषि र पर्यटन तथा लघु उद्यमकोक्षेत्रलाई प्राथमिकतामा राखी उत्पादनशिल क्षेत्रमा लगानी गर्दे आएको कुरा वैकका प्रमुख कार्यकारी अधिकृत उमेश कुमार आचार्यले वताए । अवलोकन गर्नुका साथै वैदेशिक शिक्षाका बारेमा जानकारी लिएको बताउँदै झाले यसपटक मेलामा आउने दर्शकको संख्या अझै बढ्ने र मेलाको आकर्षण पनि बढ्ने विश्वास व्यक्त गरे । नेपाल शैक्षिक परामर्श संघ कास्कीले मेलाको व्यवस्थापकीय जिम्मा दिएपछि केही दिन अघिदेखिनै पोखरामा बसेर स्टल, प्याभिलियन एवं मेलाको आकर्षण बढाउन विभिन्न प्रवद्र्धनात्मक कार्यमा जुटिरहेका झाले नाफा कमाउन भन्दा पनि पोखरामा शैक्षिक मेला स्थापित गर्ने आफ्नो चाहना रहेको बताए । उनले पोखरा र काठमाडौंमा यस किसिमका मेला र महोत्सवको व्यवस्थापकीय जिम्मेवारी लिइरहेकोमा देशका अन्य प्रमुख शहरहरुमा पनि गतिविधि विस्तार गर्ने तयारीमा लागेको बताए । पोखराको मेला सम्पन्न गर्न करिब ३० जनाको टोली खटिरहेको उनले जानकारी दिए । मेलामा विभिन्न एजुकेशनल कन्सल्टेन्सीका ५६ वटा स्टलका साथै ६ वटा प्याभिलियन रहने बताउँदै झाले इक्यान कास्की र विभिन्न एजुकेशनल कन्सल्टेन्सी को सहयोग र समर्थनका कारण मेलाको महत्व र गरिमा बढ्दै गएको बताए । मेलाको औपचारिक उद्घाटन शुक्रबार नेपाली चलचित्रका महानायक राजेश हमाल र उनकी धर्मपत्नी मधु भट्टराईले गर्ने कार्यक्रम छ । मेला सम्पन्न गर्न इक्यान कास्की अध्यक्ष महेश भण्डारीको संयोजकत्वमा आयोजक समिति बनाइएको छ ।
Post a Comment