0
फ्लोरिकल्चर एशोसिएशन नेपाल फ्यान कास्कीको आयोजनामा यही आउँदो मंसिर १ गतेदेखि ३ गते सम्म पोखरामा तेश्रो गोदावरी प्रदर्शनी तथा पुष्प व्यापार मेला हुने भएको छ । सो मेलामा करिव ३ सय प्रजातिका फूल विरुवा प्रदर्शनमा राखिने सोमवार पोखरामा अयोजित पत्रकार सम्मेलनमा जानकारी दिईएको छ । साथै सो मेलामा व्यवसायिक नर्सरीका कट्फ्लावर, कृषि औजार, मल वीउविजन सहित ३० वटा स्टल रहने बताईएको छ । सो मेला सम्पन्न गर्न करीव रु ७ लाख ५० हजार खर्च लाग्ने कार्यक्रम संयोजक प्रेम रानाले जानकारी दिएका छन् । सो मेलामा २५ लाखको कारोवार हुने र करिव १ लाख दर्शकले अवलोकन गर्ने संस्थाका अध्यक्ष दयाकुमार द्वाले बताए । ‘पोखराको प्रकृति र सुन्दरतामा शान, पुष्प व्यवसायको प्रवद्र्धनमा वातावरणीय पहिचान’ भन्ने नाराको साथ हुने सो मेला पोखरा सभागृहमा संचालन हुने छ । मेलामा सहभागी नर्सरीहरु मध्ये उत्कृष्ट स्पाईडर, मिडिएचर, रिफ्लेक्स, इन्टरमिडियट, उत्कृष्ट स्टल र उत्कृष्ट ल्याण्डस्केपलाई शिल्ड तथा प्रमाणपत्रद्वारा सम्मान गरिने संस्थाले जनाएको छ । पोखरामा यतिवेला फूलको कारोवारमा अत्मनिर्भर वन्दै गएको र वार्षिक करिव ४ करोडको फूलको कारोवार यहाँ हुने गरेको अध्यक्ष द्वाको भनाई छ । सो अवसरमा संस्थाका सल्लाहकार वसन्तबहादुर बानियाँ, उपाध्यक्ष कृष्णबहादुर काकीले पनि आ आफ्नो भनाई राखेका थिए ।
मेलाका लागि करिब ७ लाख ५० हजार खर्च हुने र २५ लाखको व्यापार हुने आयोजकको अनुमान छ । मेलामा १ लाख दर्शकले अवलोकन गर्ने अनुमान समेत आयोजकको छ ।

Post a Comment

 
Top