0
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा विश्वविद्यालयका पदाधिकारीलाई विश्वविद्यालयमा भ्रष्टाचार गरेको कसुरमा पक्राउ गरेपछि विश्वविद्यालयको कामकाज ठप्प भएको छ ।
 विश्वविद्यालयमा जिम्मेवार पदाधिकारी कोही पनि नभएपछि कर्मचारी र शिक्षकमा कसको आदेशमा के काम गर्ने भन्ने अन्योल परेको सूचना अधिकृत लोकेश ढकालले बताए । विश्वविद्यालय र आङ्गिक क्याम्पसका आन्तरिक परीक्षा, छात्रवृत्तिको फारम भर्ने, सङ्घसंस्था र निर्माण कार्यका लागि ठेकेदारलाई भुक्तानी दिने काम ठप्प छ । लेखा शाखाका प्रमुखसमेत कारबाहीमा परेपछि विश्वविद्यालयका कर्मचारी, शिक्षक र विद्यार्थीलाई ओसार्ने तीन वटा बसमा राख्न नसकी बस सेवा बन्द हुन लागेको छ । बस सेवा बन्द भएपछि कार्यालयमा पुग्न कर्मचारीहरूलाई समस्या पर्न जाने देखिएको छ । गएको साउन महिनामा हुनुपर्ने विश्वविद्यालयको वार्षिक साधारणसभा हुन नसकेकाले बजेट पारित हुन सकेको छैन । बजेट पारित नहुँदा र पदाधिकारी नहुँदा कर्मचारी र शिक्षकको तलब भत्ता वितरणसमेत रोकिन पुगेको छ । पक्राउ परेका पदाधिकारीको विशेष अदालतमा भर्खर बयान सुरु भएकाले र वकिलहरूको बहस र थुनछेक जस्ता प्रक्रिया अभैm बाँकी रहेकाले सरकारले विश्वविद्यालयको लागि वैकल्पिक व्यवस्था नगरे विश्वविद्यालयमा विकराल अवस्था सिर्जना हुने देखिएको कर्मचारी र शिक्षक बताउँछन् ।
यही स्थिति रह्यो भने आगामी फागुन महिनामा हुने विश्वविद्यालयको दीक्षान्त समारोह पनि रोकिने अवस्था सिर्जना हुने बताइएको छ । विश्वविद्यालय र चारवटा आङ्गिक क्याम्पसमा गरी २५ हजार छात्रछात्रा अध्ययनरत छन् । विश्वविद्यालयबाट ५८ वटा कलेजले सम्बन्धन लिएका छन् ।

Post a Comment

 
Top