0

राष्ट्रिय मानवअधिकार आयोगका नवनियुक्त सदस्य सुदिप पाठकलाई नेपाल मानव अधिकार संगठन कास्की शाखाले स्वागत तथा बधाइ ज्ञापन गरेको छ ।
हालै पोखरा आएका राष्ट्रिय मानव अधिकार संगठनका केन्द्रिय अध्यक्ष समेत रहेका आयोगका सदस्य पाठकलाई कास्की शाखाले मंगलवार एक कार्यक्रमको आयोजना गरी बधाई तथा स्वागत गरेको हो । कार्यक्रममा वोल्दै आयुक्त पाठकले मानवअधिकारको विषयमा कसैसंग पनि सम्झौता नगर्ने प्रतिवद्धता ब्यक्त गर्दै आफ्नो ६ वर्षे कार्यकालमा मानव अधिकारको क्षेत्रमा उल्लेख्य काम गरेर देखाउने बताए । आफूले कार्यभार सम्हाल्न थालेदेखि मुलुकभर रहेका कारागारहरुमा मानवअधिकारको अवस्थाको विषयमा अध्ययन शुरु गरेको र प्रत्येक जिल्लाका हरेक तह र तप्कामा मानवअधिकारको वारेमा जानकारी गराउने खालका कार्यक्रमहरुलाई मुख्य प्राथमिकतामा राखेको उनको भनाइ रहेको थियो । आयोगमा परेका उजुरीलाई हेर्नु भन्दापनि त्यसमा के कति कारवाहीहरु अगाडि वढिरहेका छन भन्ने वारेमा पनि आफूहरुले प्रत्यक्ष निगरानी गर्दै मानवअधिकार उल्लघनका दोषीलाई कारवाही गर्न राज्यलाई दवाव दिने उनले बताए ।  कार्यक्रममा नेपाल मानवअधिकार संगठन कास्की शाखाका अध्यक्ष तथा पश्चिमाञ्चल संयोजक नरेन्द्र बास्तोला, उमाकान्त रिजाल, हरि लामिछाने, लक्ष्मी प्रसाद त्रिपाठी लगायतले मानवअधिकारका विषयमा जिज्ञासा राखेका थिए ।

Post a Comment

 
Top