प्रहरी अतिरिक्त महानिरीक्षक वीरेन्द्रबाबु श्रेष्ठले कास्कीको लेखनाथ नगरपालिका–८ शिशुवामा निर्माण भएको प्रहरीको कन्ट्रोलरुम भेहिकल प्रहरी आवास भवनको एक कार्यक्रमबीच उद्घाटन गरे । लेखनाथवासीको चन्दा सङ्कलन र स्थानीय जनश्रमदान परिचालन गरी करिब रु २३ लाख ७६ हजार १७७ को लागतमा निर्माण भएको उक्त भवन छ कोठाको छ । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक श्रेष्ठले जनताको सहयोगबिना प्रहरीले मात्रै शान्ति सुरक्षा कायम गर्न नसक्ने धारणा राखे । भवन निर्माण समितिका अध्यक्ष एकराज जमरकट्टेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रहरी नायब महानिरीक्षक बमबहादुर भण्डारी, प्रहरी उपरीक्षक वसन्त कुमार लामा, लेखनाथ नगरपालिकाका कार्यकारी अधिकृत रामचन्द्र पौडेललगायतले मन्तव्य व्यक्त गरेका थिए ।लेखनाथमा प्रहरी भवनको उद्घाटन
प्रहरी अतिरिक्त महानिरीक्षक वीरेन्द्रबाबु श्रेष्ठले कास्कीको लेखनाथ नगरपालिका–८ शिशुवामा निर्माण भएको प्रहरीको कन्ट्रोलरुम भेहिकल प्रहरी आवास भवनको एक कार्यक्रमबीच उद्घाटन गरे । लेखनाथवासीको चन्दा सङ्कलन र स्थानीय जनश्रमदान परिचालन गरी करिब रु २३ लाख ७६ हजार १७७ को लागतमा निर्माण भएको उक्त भवन छ कोठाको छ । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक श्रेष्ठले जनताको सहयोगबिना प्रहरीले मात्रै शान्ति सुरक्षा कायम गर्न नसक्ने धारणा राखे । भवन निर्माण समितिका अध्यक्ष एकराज जमरकट्टेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रहरी नायब महानिरीक्षक बमबहादुर भण्डारी, प्रहरी उपरीक्षक वसन्त कुमार लामा, लेखनाथ नगरपालिकाका कार्यकारी अधिकृत रामचन्द्र पौडेललगायतले मन्तव्य व्यक्त गरेका थिए ।
Post a Comment