0

एभरेष्ट बैंकले पोखराको लेकसाइडमा एटीएम सेवा सञ्चालनमा ल्याएको छ । अत्याधुनिक बैंकिङ सेवालाई बिस्तार गर्दै सर्वसाधारणहरुलाई सर्वसुलभ बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यका साथ बैंक सञ्जाल बिस्तार अभियानमा अगाडि बढेको छ । बैंकले हालसम्म देशभर ७६ वटा एटीएम राखेको छ । पोखरामा अब दुई वटा एटीएम पुगेको बैंकले जनाएको छ । लेकसाइडमा भएको एक औपचारिक कार्यक्रममा एटिएमको समुद्घाटन कास्कीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर रावत र बैंकका प्रमुख कार्यकारी अधिकृत एके अहलुवालियाले संयुक्त रुपमा गरे । कार्यक्रममा नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य टीका सापकोटा लगायतको उपस्थिति थियो । बैंकले हालै आफ्नो सेवाको २० वर्ष पुरा गरेको छ । बैंकले ५३ वटा स्थानीय शाखाहरु, ५ एक्स्टेन्सन काउन्टरहरु, २३ राजस्व संकलन काउन्टरहरु, ७६ वटा एटिएम र विश्वव्यापी रुपमा रहेका सञ्जालका माध्यमबाट ग्राहकहरुलाई व्यावसायिक तथा प्रभावकारी बैंकिङ सेवाहरु उपलब्ध गराउँदै आएको छ ।

Post a Comment

 
Top