0
लायन्स क्लव अफ पोखरा पिस चौतारीको आयोजना एवं आरोग्य होमियोप्याथिक हस्पिटलको सहयोगमा मधुमेह सचेतना कार्यक्रम एवं निःशुल्क मधुमेह परीक्षण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । विश्व मधुमेह दिवसको अवसर पारेर आरोग्य होमियोप्याथिक हस्पिटल पोखराको सभाहलमा भएको कार्यक्रममा पिस चौतारी, पिस होम लायन्सका पदाधिकारी,   पूर्व अध्यक्षहरु, मधुमेहका बिरामीहरु लगायतको सहभागिता रहेको थियो । ‘मधुमेह भएपनि स्वस्थ्य भएर बाचौं’  भन्ने मूल नाराका साथकार्यक्रममा आरोग्यका प्रवन्ध निर्देशक एवं पिस चौतारी लायन्सका अध्यक्ष डा. विष्णु चापागाइँले मधुमेह रोग र यसबाट बच्ने उपायका बारेमा जानकारी गराएका थिए । त्यस अवसरमा बोल्दै डा. चापागाईले शदिऔंदेखि मधुमेह रोगले सताउँदै आएको र हाल विश्वका करिब १२ करोड मानिस मधुमेह रोगबाट पीडित भएको जानकारी गराए । मानिसले खाएको खानाबाट प्राप्त हुने ग्लुकोज (चिनी) लाई हाम्रो शरीरले सही तरिकाबाट शक्तिको रुपमा रुपान्तरण गर्न नसक्नु मधुमेह भएको जानकारी गराउँदै डा. चापागाइँले भने–‘वंशाणुगत, शल्यक्रिया, लागूपदार्थ सेवन, गलत औषधिको सेवन, कुपोषण, संक्रमण र शारीरिक कमजोरीबाट मधुमेह हुन सक्छ ।’ कार्यक्रममा बोल्दै क्लवका पूर्व अध्यक्ष दुर्गाप्रसाद हुमागाइँ, मेघनाथ काप्mले, मोहनबाबु खड्का लगायतले मधुमेह रोगको समस्या र समाधानका बारेमा आ–आफ्नो भनाई राखेका थिए ।
त्यस अवसरमा बोल्दै कार्यक्रमकी प्रमुख अतिथि एवं लायन्स ३२५ बी १ नेपालकी मधुमेह व्यवस्थापन कार्यक्रमकी को–अर्डिनेटर पम्फा पहारीले मानिसले जीवन एकपटकमात्र पाउने भएकोले जीवनको महत्व बुझेर सदुपयोग गर्नुपर्ने भन्दै मधुमेशबाट बच्न खानपिनमा विशेष ध्यान पु¥याउनुपर्नेमा जोड दिइन । क्वलका अध्यक्ष डा.विष्णु चापागाइँको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष बुद्धि मल्लले ध्वजाको श्लोक वाचन, प्रथम उपाध्यक्ष धनन्जय पौडेलले स्वागत र सचिव मगनलाल श्रेष्ठले कार्यक्रम संचालन गरेका थिए ।
कार्यक्रममा क्लवका पूर्व अध्यक्ष मोहनबाबु खड्का पोखरा उद्योग वाणिज्य संघको कार्यकारिणी सदस्यमा मनोनित भएकोमा बधाई ज्ञापन गरिएको थियो भने सिन्धुली, जरोटार–५ निवासी मृगौला पीडित कुमार रमौलीलाई रु. ५ हजार एकसय सहयोग गरिएको थियो । यस्तै क्लवका पूर्व अध्यक्ष मोहनबाबु खड्काले समेत मृगौला पीडित रमौलीलाई रु. ५ सय सहयोग गरेका थिए । त्यस अवसरमा मृगौला पीडित रमौलीले आफ्नो दुवै मृगौला बराव हुने अवस्थामा रहेको, आफूसंग उपचार गर्ने क्षमता र अभिभावक कोही नभएकाले सहयोग गर्न आग्रह गरेका थिए ।

Post a Comment

 
Top