
विजेता समूहलाई क्रमशः १५ हजार, १० हजार, सात हजार र तीन हजार सहित प्रमाण पत्र प्रदान गरिएको कार्यक्रम संयोजक ज्ञानबहादुर थापाले जानकारी दिए । त्यसैगरी उत्कृष्ठ भेषभुषातर्फ सरस्वती उच्च मावि नागढुङ्गा र उत्कृष्ठ नृत्य निर्देशकका रुपमा जुनियर सिटिजन्स एकेडेमीका होम गुरुङलाई पुरस्कृत गरिएको छ । प्रतियोगिताका लागि आवश्यक नगद पुरस्कारको सौजन्य न्यू के.सी निर्माण सेवाका ठेकेदार रामबहादुर के.सिले गरिदिएका थिए । प्रतियोगिताको निर्णायकमा बुद्विप्रसाद गुरुङ गौरी, हेमबहादुर गुरुङ र राज गुरुङ थिए । यसअघि प्रतियोगिताको उद्घाटन गर्दै सभासद् शारदा पौडेलले शिक्षाको विकासका लागि सवै एकजुट हुनुपर्नेमा जोड दिईन् । उनले विद्यालयलाई एक लाख ६१ हजार आर्थिक सहयोग गर्ने घोषणा पनि गरिन् । कार्यक्रममा कालिका बहुमुखी कलेज संचालक समितिका अध्यक्ष विश्व घिमिरे, शिक्षक अभिभावक सङ्घका अध्यक्ष बालाकृष्ण शर्मा, विद्यालय व्यवस्थापन समितिका पुर्वअध्यक्ष जगकुमारी गुरुङ र सदस्य ओमराज गौतमले बोलेका थिए । कालिका उच्च मावि व्यवस्थापन समितिका अध्यक्ष एवं स्वर्ण महोत्सव मूल समारोह समितिका अध्यक्ष सूर्यप्रकाश तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यक्रम संयोजक ज्ञानबहादुर थापाले स्वागत र सांस्कृतिक कार्यक्रम उपसमितिका सदस्य पूर्ण गुरुङले कार्यक्रम संचालन गरेका थिए । स्वर्ण महोत्सवको अवसरमा जेठदेखि माघसम्म प्रत्यक महिना एक÷एक वटा कार्यक्रम गर्ने योजना अनुसार कात्तिकमा सो प्रतियोगिता गरिएको हो । विद्यालयले मंशिर १२ गते अन्तर कलेजस्तरीय कविता प्रतियोगिता, पुस ११ देखि १४ गतेसम्म आन्तरिक खेलकुद सप्ताह र माघ २१ गते पुनर्मिलन समारोह, सम्मानसँगै स्वर्ण महोत्सवको समापन गरिने छ ।
Post a Comment