
विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलले विद्यार्थीको शारीरिक विकास, मनोरञ्जन र उनीहरुभित्र रहेको प्रतिभालाई प्रस्फुटन गराउने उद्देश्यले तीनदिने खेलकुद प्रतियोगिता शुरु भएको छ । विद्यालयका निर्देशक शम्भुलाल कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्राचार्य कृष्णकुमार श्रेष्ठ र सहप्राचार्य विन्दुप्रसाद सुवेदीको पनि सहभागिता रहेको थियो भने विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख टुकनाथ सापकोटाले सञ्चालन गरेका थिए । कार्यक्रममा सञ्जीव आचार्य, नि.मा.वि. तहमा राजु बयालकोटी प्रा.वि.तहमा सुनिता लामा र पूर्व प्रा.वि. तहमा मीना गुरुङ खेलकुद संयोजक रहेका थिए । खेलकुद प्रतियोगितामा विद्यालयले विद्यार्थीहरुका लागि विभिन्न तहगत रुपमा करिब २० वटा खेल आयोजना गरेको छ । ती खेलकुदहरु सदनात्मक रुपमा र खुल्ला रुपमा खेलाइनेछ । पहिलो दिनका खेलहरुमा बेलुन फुटाउने खेलमा कक्षा नर्सरी ‘क’ मा अध्ययनरत शुभम सुवेदी प्रथम, तृप्ती पुन द्वितीय, देवराज दिवार तृतीय सोही खेलमा नर्सरी ‘ख’ मा अध्ययनरत प्रिन्स राई प्रथम, विपासना सुवेदी द्वितीय, एरोन तामाङ तृतीय भएका थिए । यसैगरी कक्षा एल.के.जी.मा केरा खाने खेलमा आयुष रिमाल प्रथम, सक्षम बास्तोला द्वितीय, प्रशंसा कार्की तृतीय भएका थिए । यस्तै कक्षा यू.के.जी.को तातो आलु खेलमा मौसमी भुगाई प्रथम, मङ्गल दिवार द्वितीय, सोनाक्षी सापकोटा तृतीय भएका थिए । यसैगरी कक्षा १‘क’ को मेच घुमाइ खेलमा अभिषेक तामाङ प्रथम, आरोही गुरुङ द्वितीय, स्मृति पौडेल तृतीय भएका थिए ।
Post a Comment