0
नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) कास्कीको आयोजनामा पोखरामा दोस्रो पटक बृहत शैक्षिक मेला हुँदै छ । कात्तिकको २८ गतेदेखि ३० गतेसम्म चल्ने बृहत शैक्षिक मेलाको उद्घाटन महानायक राजेश हमालले गर्ने कार्यक्रम छ ।  ‘दक्षता अभिवृद्धिका लागि अहिलेको विद्यार्थी पुस्ता वैदेशिक अध्ययनमा जान लालायित छन् ।’ सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै ईक्यान कास्कीका अध्यक्ष महेश भण्डारीले विद्यार्थी पुस्तालाई लक्षित गर्दै आफूहरुले शैक्षिक मेलाको अवधारणा ल्याएका र मेलामा एकै स्थानमा विद्यार्थीहरुले धेरै परामर्शदाताहरु बाट जानकारी लिन पाउने बताए । तीन दिनसम्म चल्ने बृहत शैक्षिक मेला पोखराको सभागृह हलमा हुने मेला संयोजक डिबि गुरुङले जानकारी दिए । ‘अन्तराष्ट्रिय मापदण्ड अनुसार अहिलेको विद्यार्थीपुस्ताले आफुलाई दक्ष बनाउन चाहन्छ ।’ उनले भने–‘त्यसैले तीन दिनसम्म चल्ने मेलामा सहभागिता जनाएर वैदेशिक अध्ययनको लागि बुझ्न सकिन्छ ।’ मेला स्थलमा ५६ वटा स्टल र ६ वटा पेभिलियनबाट शैक्षिक परामर्शदाताहरुले विद्यार्थीहरुलाई परामर्श दिने व्यवस्था गरिएको आयोजकले बताएका छन् । मेलामा भारत, चीन, बंगलादेश, जापान, फ्रान्स, अमेरिका, बेलायत, न्यूजिल्याण्ड, अष्ट्रेलिया, आयरल्याण्ड, नर्वे, फिनल्याण्ड, मलेसिया, जर्मन, रुस, डेनमार्क लगाएतका देशका कलेज तथा विश्वविद्यालयका आधिकारिक प्रतिनीधिहरुको समेत सहभागिता रहने आयोजकले जानकारी दिएका छन् ।
ईक्यानका केन्द्रिय अध्यक्ष राजेन्द्र बराल समेत सोमबारको पत्रकार सम्मेलनमा उपस्थित थिए । तीन दिने मेलाको व्यवस्थापनको जिम्मा वान अप कम्यूनिकेशन प्रालिले लिएको छ ।

Post a Comment

 
Top