
यसैगरी तालिम उपसंयोजक जमुनाको स्टाटसमा पनि धेरैको टिप्पणी छ । त्यसमध्ये तालिम संयोजक राजेन्द्रले एकपटक तालिम स्थगित गरिएको सूचना दोहो¥याएका छन् भने अर्कोपटक उनले अध्यक्ष ज्ञवालीलाई लक्षित गर्र्दै तिखा शव्द कोरेका छन् । उनले भनेका छन्–‘म तालिम संयोजक तर न त मलाई जानकारी छ, न त कार्यसमितिमा नै छलफल भएको छ । त्यसैले कसैले व्यक्तिगत रुपमा तालिम गर्ने हो भने संस्थाको हवाला दिन पाइँदैन ।’ उनले पोखरामा पत्रकारिता तालिमको आवश्यकता औंल्याउँदै भनेका छन्–‘यो तालिमको हविगत पोखरा पत्रकारिता पुरस्कारको जस्तो नबनाइयोस् ।’ अधिकारीले पत्रकार महासंघलाई व्यक्ति विशेषको सनकमा नभइ संस्थागत रुपमा चलाउने आफूहरुको चाहना रहेको स्पष्ट पार्दै कार्यसमितिमा छलफल गरि निर्णय गरेरमात्र तालिम संचालन हुने तर कसैको सनकको भरमा कदापि हुन नदिने भन्दै अध्यक्ष ज्ञवालीलाई चुनौती दिएका छन् ।
जमुनाकै स्टाटसमा टिप्पणी लेख्दै पत्रकार हरि भट्टराईले काग बाटो भएर ... खान्छ, पाडो लाटो भएपनि दूध खान्छ भनेको यहि हो भनेका छन् भने आर्थिक पत्रकारको रुपमा चिनिन थालेका सन्तोष पोखरलले–‘आर्थिक पत्रकारिता ?’ भनि कौतुहलता प्रकट गरेका छन् । यस्तै जमुनाकै स्टाटसमा पत्रकार टंक अधिकारीले कहिं नभएको जात्रा हांडी गाउँमा भनि टिप्पणी गरेका छन् भने पत्रकार ऋषिकान्त पौडेलले महासंघको समितिभित्र छलफल नै नगरि तालिम गर्ने कुरा बाहिर आएको छ नि ? कुरा के हो भन्दै प्रश्न गरेका छन् । उनले आm्नो स्टाटसमा पनि महासंघका तालिम संयोजक र अन्य सदस्यसंग छलफल नगरि सूचना जारी हुनुले महासंघ कसरि चलेको छ भन्ने प्रष्ट हुन्छ भन्दै आपसी समन्वयमा गतिविधि संचालन गर्न सुझाव दिएका छन् । ‘व्यक्तिगत मनमुटाव भए आपसमा मिलाउनुस् या झैझगडामै जिन्दगी बिताउनुस् तर आम पत्रकारको छात्रा संस्था र पोखरेलीको विश्वासको केन्द्र पत्रकार महासंघमा पनि मनमुटावको स्थिति छ भनेर नदेखाउनुस् ।’–पौडेलले अध्यक्ष ज्ञवाली र उपाध्यक्ष अधिकारीलाई नै लक्षित गर्दै लेखेका छन् । जमुनाकै स्टाटसमा पत्रकार हरि पन्तले महासंघका पदाधिकारीहरु बीचको फेसबुक वारलाई ‘विडम्वना !’ भनेका छन् । संस्थागत रुपमा निर्णय गरेर काम गर्नुपर्नेमा जनतालाई सुसूचित गराउने जिम्मेवार व्यक्तिहरुबाटै गैह्र जिम्मेवार काम हुँदा महासंघको छवि र शाख कहाँ पुग्ला त ? भनि पत्रकार पन्तले प्रश्न गरेका छन् ।
यसैगरि पत्रकार ओम हमालले सोमबार राति ११ः३० बजे आफ्नो फेसबुक स्टाटसमा कास्की पत्रकार महासंघ कुनै व्यक्तिको प्राइवेट कम्पनी हो र ? भनि प्रश्न गरेका छन् । स्टाटसमा भनिएको छ–‘ एउटाले तालिम हुन लाग्यो, तालिम लिन आउ भन्ने अर्कोले तालिम स्थगित भयो नआउ भन्ने । एउटा तालिम संयोजक रे अर्को सह–संयोजक । के नाटक हो यस्तो ? तालिम हुने बारेमा कास्की महासंघमा बैठक हुँदैन कि क्याहो ? कहिले पैसा नै नभएको खाताबाट पैसा दिनेगरि पुरस्कार घोषणा गर्ने, कहिले सहभागी भन्दा धेरैको बिल पेश गर्ने जस्ता नाटक किन ? पत्रकार महासंघमा लडाइँ, झगडा गर्न गभएका हुन् कि पैसा कमाउन ? मलाई त बेस्सरी शंका लागिरहेको छ । लाजैमर्दो भएको छ पत्रकार महासंघ कास्कीमा ।’
यसैगरि हमालले नै फेसबुकमा अर्को टिप्पणीमार्फत प्रश्न गरेका छन्–‘तालिम हुने बारेमा उपाध्यक्ष राजेन्द्र, सचिव त्रिभुवन पौडेल, कोषाध्यक्ष रामप्रसादलाई समेत थाहै नहुने गरि कसले कसरी तालिम गर्न लागेको रहेछ ? जवकि जमुनाजीले सचिव त्रिभुवनलाई पनि सम्पर्क व्यक्ति तोक्नुभएको छ ।’
यता महासंघका पदाधिकारी र सदस्यहरुबीच फेसबुक वार चलिरहेको भएपनि महासंघका सचिव त्रिभुवन पौडेल भने आफू विवादबाट टाढै रहेको संकेत गरेका छन् । अरुको स्टाटसमा कुनै टिप्पणी नगरेका पौडेलले आफ्नै स्टाटसमा सोमबार राति करिब ८ः३० बजेतिर छोटो स्टाटस लेखेर आफैले आफैलाई सम्झाउन प्रयास गरेका छन् । उनले भनेका छन्–‘जे नहुनु पर्ने हो किन हुन गैरहेको छ । वाक्क लाग्न थालिसक्यो ।’ सोमबार राति ११ः३० बजेसम्मको फेसबुकमार्फत सार्वजनिक भएका आरोप–प्रत्यारोप र जिज्ञासाले पत्रकार महासंघ कास्कीलाई सही दिशामा लैजान सहयोग गर्लान् या विवाद झन बढ्ला त्यो हेर्न बाँकी नै छ ।
Post a Comment