0
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त क्याम्पसमा मानविकी संकायमा विद्यार्थी संख्या कम हुँदै जानुमा सरकारी नीति नियमको अभाव रहेको सरोकारवालाले बताएका छन् । मानविकी संकायमा सम्भावना हुँदाहुँदै पनि विद्यार्थीलाई सहि बाटो देखाउने नीति तय हुन नसकेको उनीहरुले बताए ।
गैहपाटनको लेकसिटी कलेज एण्ड रिसर्च सेन्टरले शुक्रबार आयोजना गरेको अन्तरक्रियामा बोल्दै शिक्षा क्षेत्रका विज्ञहरुले मानविकी संकायका विषयलाई बेवास्ता गर्दा समाज वैज्ञानिक उत्पादनमा असर परेको बताए । समाज वैज्ञानिक उत्पादन गर्ने मानविकी संकायमा सरकारी नीति नियम स्पष्ट नभएको उनीहरुले बताए । पृथ्वीनारायण क्याम्पसका प्राध्यापक अमृत भण्डारीले समाज वैज्ञानिक उत्पादन गर्ने क्षेत्रबारे चाँसो कम भएको बताए । ‘समाजलाई कुन गतिमा अगाडि लैजाने भन्ने साँचो समाज वैज्ञानिकसँग हुन्छ । तर तीनै समाज वैज्ञानिक उप्पादन गर्ने समाजशास्त्र पछि परेको छ’ उनले भने, ‘सबै तहका पेशा व्यवसायमा संलग्न व्यक्तिले अन्तिममा काम गर्ने समाजमै हो । त्यसैले समाज वैज्ञानिक उत्पादनमा ध्यान पु¥याउनुपर्छ । मानविकी संकाय ओझेलमा पर्दा समाज डो¥याउने वैज्ञानिक नै उत्पादन हुन नसकेको हो ।’ अर्का प्राध्यापक लेखनाथ भट्टराईले विश्वको उत्कृष्ट दशभित्र समाज वैज्ञानिक पर्ने भएपनि उत्पादनमा योगदान दिने शैक्षिक निकायमा विद्यार्थी कम हुँदै गएकोमा चिन्ता व्यक्त गरे ।  ‘व्यवस्थापनमा धेरै उत्पादन हुन थालेका छन् । अब बजारमा व्यवस्थापनका विद्यार्थी प्रयाप्त भईसके’ उनले भने,–‘त्यसैले व्यवस्थापनमा देखिएको भिड अब कम हुन्छ ।’ प्राध्यापक विश्वकल्याण पराजुलीले विभिन्न सरकारी तथा गैरसरकारी संस्थाले पछिल्लो समय समाजविज्ञानका विद्यार्थीलाई खोज्न थालेको बताए । ‘समाज विज्ञानको विषयलाई बिकाउ बनाउने हो भने यसमा विद्यार्थीको भविष्य उज्जवल छ । नीति निर्माताले यसबारेमा ध्यान दिएर पाठ्यक्रममा समाज विज्ञानका कुरा राखिदिने हो विद्यार्थी अवभा हुँदैन’ उनले भने,–‘त्यसैले नीति निर्माणमा पनि समाज वैज्ञानिकको आवश्यकता छ । पृथ्वीनारायण क्याम्पसका पूर्व प्रमुख गेहेन्द्रेश्वर कोइरालाले अनुसन्धानका विषयलाई फराकिलो बनाएमा मानविकी संकायमा विद्यार्थी अभाव नहुने बताए । कार्यक्रममा अग्रज पत्रकार नारायण कार्कीले देश र समाजलाई डो¥याउने जिम्मा समाज वैज्ञानिकमा हुने बताए । समाजमा देखिएका कमि कमजोरी सच्चाउन समाज वैज्ञानिक अग्रसर हुनुपर्ने कार्कीले बताए । ‘यो क्षेत्रमा अनुसन्धान कम भएको छ । जुनसुकै समस्याको बेला समाजलाई डो¥याउने हात समाजशास्त्रीमा हुन्छ’ उनले भने ।

Post a Comment

 
Top