0
महिलाहरु मात्र सदस्य रहेको लायन्स क्लब अफ पोखरा पिस होमको दोस्रो चाटर्ड नाइट समारोह मंगलबार सम्पन्न भयो । प्रमुख अतिथि लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ नेपालका निवर्तमान मल्टीपल काउन्सिल चेयरपर्सन दीपक श्रेष्ठले केक काटेर कार्यक्रमको उद्घाटन गरेका थिए । समारोहमा क्लबका चाटर्ड पेसिडेन्ट लगायत सम्पूर्ण चाटर्ड सदस्यहरुलाई प्रमुख अतिथि श्रेष्ठले फुलमाला लगाई सम्मान गरेका थिए । समारोहमा पास्ट मल्टिपल काउन्सिल चेयर पर्सन  प्रेम बहादुर श्रेष्ठ, लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बी १ नेपालका भाइस डिष्ट्रिक्ट गभर्नर ध्रुबबहादुर थापा, पास्ट डिष्ट्रिक्ट गभर्नर योगेन्द्र प्रधान, को–चिफ डिष्ट्रिक्ट एडभाइजर तीर्थलाल श्रेष्ठ, लायन्स क्वेस्ट चिफ कोडिनेटर तथा स्पोन्सर क्लबका पास्ट पेसिडेन्ट भुपेन्द्र गिरी, रिजन चेयरपर्सन मोहनबाबु खड्का, जोन चेयरपर्सन तथा यस क्लबका गाइडिङ दुर्गाप्रसाद हुमागाई, क्लबका एक्टेन्सन चेयर पर्सन तथा स्पोन्सर क्लबका इमिडेट पेसिडेन्ट बुद्धिकुमार मल्ल, स्पोन्सर क्लब क्लब अफ पोखरा पिस चौतारीका पेसिडेन्ट डा. बिष्णु चापागाई, लायन्स क्लब अफ पोखरा पिस होमका चाटर्ड पेसिडेन्ट कल्पना मल्ल, स्पोन्सर क्लबका कोषाध्यक्ष निरबहादुर थापा लगायतले क्लबले गरेका क्रियाकलपको सह्राना गर्दै शुभकामना व्यक्त गरेका थिए ।
संस्थाकी अध्यक्ष सुशिला थापाको अध्यक्षतामा भएको कार्यक्रमका संयोजक सरिता दाहाल हुमागाईले स्वागत मन्तव्य र क्लबका सचिव गीता जि.सी. ले कार्यक्रम सञ्चालन गरेका थिए ।

Post a Comment

 
Top