0


पोखरा नगर रेष्टुरेण्ट तथा बार एशोसिएशन (सिटी रेवान)ले आयोजना गरेको तेस्रो सिटी रेवान महोत्सव तथा फुड फेष्टिबलमा दर्शकहरुको रमाईरहेका छन् । महोत्सव छैटो दिनसम्म आइपुग्दा दर्शकको सहभागिता क्रमिकरुपमा बढ्दै गइरहेको छ ।
पर्यटन प्रवद्र्वन, सामाजिक सेवा, उपभोक्ताको हित र लोक संस्कृतिको विकास गर्ने उदेश्यले महोत्सव आयोजना गरिएको महासचिव एवं प्रवक्ता दिपक तिमिल्सिनाले जानकारी दिए । महोत्सवमा विहीबार लोक दोहोरीतर्फ प्रजापति पराजुली, रामजी खाण, पुरुषोत्तम न्यौपाने, तारापति सुवेदी, कृष्ण सुवेदी, लक्ष्मी नेपाली, शिवहरि ढुङ्गाना र लाइभ पप कन्सर्टतर्फ धर्मेन्द्र सेवान, माया गुरुङ र मिलन गुरुङको प्रस्तुती रहेको छ ।

Post a Comment

 
Top