
‘अख्तियारले विद्युतमा हात हालेपछि विदेशी लगानीकर्ता झस्किएका छन्’ देवकोटाले भने । बैठकमा उठेका अख्तियार प्रमुख कार्कीले आयोग विकास विरोधी नभएको भन्दै झोलामा खोला लुकाउनेलाई मात्र निरुत्साहित गर्न चाहेको बताए । ‘हामीले सरकारको काम गर्न खोजेका हैनौं र गर्ने इच्छा पनि छैन’ कार्कीले भने । निकै शानदार शैलीमा प्रस्तुत भएका कार्कीले कानून विपरीत गएकाहरुले अख्तियारको कामलाई आतंक देखेपनि आफूलाई कूनै फरक नपर्ने बताए । कार्कीले अर्थ समितिलाई चेतावनी दिंदै भने–‘मलाई बोलाउने तपाईहरुले हैन, अबदेखि सुशासन समिति मार्फत बोलाउनुस ।’
लोकमानसिंह आफ्नो लिखित भाषण पछि बैठक बाहिरिन खोज्दै थिए । तर एमाले नेता सुरेन्द्र पाण्डेले आंैला ठड्याएर भने–‘मेरो कुरा सुनेर मात्र जानुस ।’ ‘मैले सभापतिको कुरा सुनिसकें’ कार्कीले भने । फेरी सुरेन्द्र जंगिए ‘सभापतिले मेरो कुरा पनि भन्नु भो ?’ अनि बल्ल जम्मा दुई मिनेट बस्न राजी भए कार्की ।
बैठकमा कार्कीप्रति निकै आक्रोशित शैलीमा प्रस्तुत भएका सुरेन्द्र पाण्डेले सोधे–‘एयरपोर्टको ट्वाईलेट सफा गर भन्ने काम तपाईको हो ?’ तपाईहरुको काम अनुसन्धान गर्ने हो, विद्युत आयोजना हरु खारेज गर्ने काम कुन कानूनमा टेकेर गर्नुभो ? एउटा निजी क्षेत्रले लगानी गर्न खोज्दा तपाई तगारो बन्ने, अनि ट्रान्समिसन लाईन नबनाउने सरकारलाई चैं कसले कार्वाही गर्छ ? तपाई पोलिसिगत समस्यामा सल्लाह दिनुस तर ‘टोक्ने डग’ बन्न नखोज्नुस ?’
बैठकमा अधिकांश सभाषद्ले अख्तियार कार्यक्षेत्र बाहिर गएको भन्दै आलोचना गरेका थिए । सभाषद् हरुको प्रश्नको उत्तर दिंदै लोकमानसिंह कार्कीले भने–‘हामी वाच डग नै हौं, म पनि जलस्रोत सचिव भएर आएकाले लाईसेन्स प्रक्रियाको बारेमा जानकार छु ।’ लगानीकर्ता डिस्करेज हुनेगरीअख्तियारले विद्युत आयोजनाहरुको लाईसेन्स खारेज गर्ने निर्देशन नदिएको भन्दै आवश्यक कार्वाहीका लागि उर्जा मन्त्रालयमा लेखि पठाएको बताए ।
सभाषद् सुरेन्द्र पाण्डेले उठाएको एयरपोर्टको ट्वाईलेट प्रकरण बारे जवाफ दिंदै कार्कीले भने, ‘विदेशी पाहुना आउनासाथ ट्वाईलेटमा छिर्छन,अनि फोहोर राख्न मिल्छ ?’ अख्तियार पनि राष्ट्रको जिम्मेवार निकाय भएको भन्दै कार्कीले भने–‘विधि अनुसार राज्यका निकाय चलेनन् भने आँखामा पट्टि बाँधेर बस्दैनौं ।’
Post a Comment