
कार्यक्रममा बोल्दै प्रमुख अतिथि विद्यालय व्यावस्थापन समितिका अध्यक्ष भटराईले शिक्षा प्राप्त गर्ने कुरामा कन्जुस्याई नगर्न आग्रह गरे । विद्यार्थी जागरुक भएमात्र शिक्षक जागरुक हुने बताउँदै भट्ट्राईले पढाईको अलवा सिर्जनशिल कार्यमा लाग्नुपर्ने बताए । दशजोड दुईका संयोजक आर्चायको अध्यक्षतामा भएको कार्यक्रममा प्राध्यापक श्रीधर न्यौपाने, सह प्रार्चाय कृष्णप्रसाद आर्चाय, उच्च मा वि का कर्मचारी भीम गायक, कक्षा १२ का छात्रा सुस्मिता सुनार , कक्षा ११ का टिना छन्त्याल लगायतले उच्च मा वि का शैक्षिक गतिविधिको वारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा विद्यार्थीले विभिन्न सांस्कृतिक कार्यक्रमा गीत तथा नृत्य प्रस्तुत गरेका थिए । रोजी गुरुङको अध्यक्षतामा भएको सांस्कृतिक कार्यक्रमको सञ्चालन अनिता मगर र शान्ति छन्त्यालले गरेका थिए ।
Post a Comment