0
वेवपेज नेपाल पोखराको आयोजनामा फोटोग्राफी तथा फोटो सम्पादन कार्यशाला शुक्रबार  सम्पन्न भयो । कार्यशाला समापन समारोहमा दर्शन कल्याण समाज रुपन्देहीका अध्यक्ष रामबहादुर चन्दले युवाहरुको व्यक्तिगत तथा व्यावसायिक क्षमता अभिवृद्धि गर्नको लागि फोटोग्राफी तथा फोटो सम्पादन कार्यशाला महत्वपूर्ण भएको बताए । कार्यक्रममा बोल्दै दर्शन कल्याण युवा समाज रुपन्देहीका सल्लाहकार हिराध्वज शाहले कार्यशालामा सिकेका कुरालाई व्यवहारमा प्रयोग गर्नुपर्ने र समाजले युवाहरुलाई सीपमूलक एवं व्यबहारिक तालिम दिइ सक्षम गराउन जोड दिनुपर्ने बताए । कार्यशालाई वेवपेज नेपालका संचालक पितम्बहादुर सेन र अनुप घिमिरेले सहजीकरण गरेका थिए ।
दर्शन कल्याण युवा समाज रुपन्देहीको संयोजनमा भएको सो कार्यशालामा प्रशिक्षार्थीहरुको तर्पmबाट विक्रम मल्ल, बालेन्दु मल्ल, समुन्द्र सिंह र सक्रिय राज भण्डारीले बोलेका थिए । कार्यशाला कार्तिक २१ देखि २७ गते सम्म संचालन भएको थियो ।

Post a Comment

 
Top