लायन्स क्लब अफ पोखरा सेण्ट्रल भ्यालीको आयोजनामा बेसलाइन एकेडेमी स्कुलमा पिस पोष्टर कार्यक्रम सम्पन्न भयो । लायन्स क्लब अफ पोखरा सेन्ट्रल भ्यालीका अध्यक्ष देउकाजी गुरुङ्ग, पूर्ब अध्यक्ष तथा जोन चेयरपर्सन दिवाकर जैशी, निवर्तमान अध्यक्ष पदम जि.सी., द्वितीय उपाध्यक्ष षडानन्द गौतम लगायत लायन्सहरु उपस्थित रहेको उक्त कार्यक्रममा पोखराका विभिन्न विद्यालयबाट १४ जना विद्यार्थीको उपस्थिति रहेको थियो । कार्यक्रममा हिल प्वाइन्ट स्कुलका छात्र राजेश क्षेत्री प्रथम, बेसलाईन एकेडेमीका महिमा भट्टराई दित्तिय र हिल प्वाइन्ट स्कुलकै निकेश सुनुवार तृतीय हुन सफल भएका थिए । कार्यक्रममा सहभागि सम्पूर्ण विद्यार्थीहरुलाई धन्यवाद तथा शुभकामना दिदै लायन दिवाकर जैशीले नगद पुरस्कार वितरण गरेका थिए ।साइनिङ स्टार माविमा कविता वाचनसाइनिङ स्टार आवासीय मावि लेकसाइडमा अतिरिक्त क्रियाकलाप अन्तरगत कविता वाचन प्रतियोगिता सम्पन्न भएको छ । अन्तर सदनात्मक रुपमा संचालन गरिएको उक्त प्रतियोगितामा अंग्रेजी र नेपाली दुवै भाषामा संचालन गरिएको थियो । अतिरिक्त विभाग संयोजक रोशन जिसीको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षक विर बहादर क्षेत्री, तिलक काफ्ले र जुना खड्काको निर्णायक मण्डलले जुनियर तर्फ तिलिचो हाउसबाट रोश्मा तामाङ, बेगनास हासकी कृति पौडेल र फेवा हाउसकी प्रिया पौडेल क्रमशः प्रथम, द्वितीय र तृतीय तथा सिनियरतर्फ फेवा हाउसका एलिशा श्रेष्ठ, भावना रसाइली र स्वस्तिका पुनलाई क्रमशः प्रथम, द्वितीय र तृतीय चुनेको थियो । कार्यक्रममा प्रमुख अतिथिको तर्फबाट मन्तव्य राख्दै विद्यालयका प्र.अ.नारायण प्रसाद पाण्डेले विद्यालयले विद्यार्थीमा निहित क्षमता प्रष्फुटन गराउन सधैं अग्रसर रहेको जानकारी दिंदै निकट भविष्यमै विद्यालयले वार्षिक खेलकुद कार्यक्रम तथा वृहत शैक्षिक प्रदर्शनी गर्ने जानकारी दिए ।
Post a Comment