रोवोटिक्स क्लब, पोखरा विश्वविद्यालय र रोवोटिक्स एशोसिएशन अफ नेपालको संयुक्त आयोजनामा सोमबार पोखरा विश्वविद्यालय केन्द्रिय क्याम्पसमा यन्त्र २.२, पोखरा, क्षेत्रिय स्तरको रोवोटिक्स प्रतियोगिता आयोजना भएको छ । प्रतियोगिता कम्प्युटर एशोसिएशन अफ नेपाल, कास्कीका अध्य क्षजि. एन. पाण्डेको प्रमुख आतिथ्यमा आयोजना भएको थियो । कार्यक्रममा बोल्दै पाण्डेले सूचना प्रविधिको विकासबाट नै देशको पहिचान अन्तर्राष्ट्रिय क्षत्रमा स्थापित गर्न सकिने भन्दै ईन्जिनियरीङमा अध्ययनरत विद्यार्थीहरुले आयोजना गरेको सो कार्यक्रमको प्रशंसा गरे । सोही कार्यक्रममा बोल्दै लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बाबुराम गिरीले विद्यार्थीहरुमा रहेको सिपलाई उजागर गर्न यस्ता कार्यक्रमहरुले महत्वपूर्ण भूमिका खेल्ने बताए ।रोवोटिक्स प्रतियोगितामा पश्चिमाञ्चल विकास क्षेत्रका स्कुल लगायत ईन्जिनियरिङमाअध्ययनरत विद्यार्थीहरुको सहभागिता भएको जानकारी कार्यक्रम संयोजक सुदिप फुयाँले बताए । यन्त्र रेसर र यन्त्र अखडा गरी दुई छुट्टाछुट्टै प्रतियोगितामा १० ओटा समुह सहभागी थिए । यन्त्र रेसरमा स्कुल अफ ईन्जिनियरिङ समूह ए प्रथम भयो भने यन्त्र अखडामा नवलपरासीको बि. एल. जी समूहले अग्रसरता हासिल ग¥र्यो । प्रतियोगिताका प्रथम र द्वितीय समूहलाई राष्ट्रिय स्तरको रोवोटिक्स प्रतियोगिता यन्त्र ३ मा सहभागी हुन काठमाडांै पठाईने कार्यक्रमका सभापति एवं रोवोटिक्स क्लब पोखरा विश्वविद्यालयका अध्यक्ष सुनिल शाहले जानकारी दिए । कार्यक्रमका सहयोगीहरुलाई धन्यवाद दिदै शाहले आगामी दिनमा पनि सम्पूर्ण क्षेत्रबाट सहयोग भएमा पोखरामै राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गर्न सम्भव भएको बताए । २०० जनाभन्दा बढी दर्शकहरुको उपस्थिति भएको कार्यक्रमको सहजीकरण सागर पौडेलले गरेका थिए भने कार्यक्रममा स्वागत मन्तब्य उशा किरण रोकायले राखेकी थिइन् ।
Post a Comment