0

आफ्नी दिवगंत आमा मीना कायस्थको १ बर्ष पुगेको स्मृतिमाछोरीहरु सुमिना श्रेष्ठ र सुजी श्रेष्ठले पोखरा बृद्धाश्रममा कपडा तथा खाद्य सामग्री प्रदान गरेका छन् । हाल अस्टेलियामा रहेका सुमिना र सुजीले पोखरा बृद्धाश्रममा रहेका बृद्धबृद्धाहरुलाई ६४ थान कम्मल, दूध, चामल, तरकारी, मसला लगायतका सामग्री प्रदान गरेका छन् । स्वः मीना कायस्थका भाइहरु विनोदराज पालिखे, राजनराज पालिखे, चञ्चला पालिखो र सरला पालिखेले उक्त सामग्री पोखरा बृद्धाश्रमका अध्यक्ष बसन्तकेशव पराजुलीलाई हस्तान्तरण गरेका हुन् । सो अवसरमा राजनराज पालिखेले आफूहरु बार्षिक रुपमा सक्दो सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गरे ।

Post a Comment

 
Top