0
राष्ट्रिय औद्योगिक व्यापार मेला–२०७१’को तयारी बीब्र बनाइएको छ । मंसिर ४ गतेदेखि पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा मेला आयोजना हुँदैछ । महोत्सव नजिकिएसँगै तयारीलाई तीव्र बनाइएको आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघका महासचिव तथा मेलाका प्रवक्ता रवीन्द्रबहादुर प्रजुले जानकारी दिए । मेला मंसिर १४ गतेसम्म सञ्चालन हुँदैछ । मेलामा विभिन्न प्रकारका २ सय ९५ स्टल राखिने भएको छ । सोमबारसम्ममा करिब ८० प्रतिशत स्टल बुकिङ भइसकेको महासचिव प्रजुले जानकारी दिए । मेलामा डोममा ७८, रेष्टुरेष्टका १५, अटोका ४७, पोखराका उत्पादन, पर्यटन, कृषि तथा हस्तकलामा ३६, प्mलोरिकल्चरमा ७, गार्मेण्टका २० र बाँकी १ सय ९२ साधारण स्टल रहने भएका छन् । मेलाको ३ लाख दर्शकहरुले अवलोकन गर्ने आयोजकको लक्ष्य छ । मेलामा औद्योगिक, कृषि जन्य उत्पादन, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटनलगायत कृषिजन्य उत्पादनहरुलाई प्रवद्र्धन तथा बजारीकरण गरिने संघका अध्यक्ष तथा मेला मूल आयोजक समितिका संयोजक विन्दुकुमार थापाले जानकारी दिए । ‘लगानीको सम्वद्र्धन ः उद्योग ब्यवसायको प्रवद्र्धन’ नाराका साथ आयोजित मेलाबाट पश्चिमाञ्चल क्षेत्रमा ब्यवसाय बिस्तारको सम्भावनाको खोजी गरिने थापाले बताए । मेलामा विशेष आकर्षणका रुपमा पोखरामा बन्न लागेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको नमूना प्रदर्शनी गरिने भएको छ । पोखरामा विमानस्थल बन्ने प्रक्रिया अगाडि बढिरहेको अवस्थामा विमान स्थलको नमुना मेलाको आकर्षण बन्ने आयोजकको विश्वास छ । ‘फेवाताल, विन्ध्यवासिनी मन्दिर र विश्वशान्ति स्तूपको नमूना पनि मेलाको आकर्षण बन्नेछन्,’ थापाले भने ।

Post a Comment

 
Top