0

संगम टोल विकास संस्था पोखरा ८ नयाँबजारको वुधबार पाँचौ साधारणसभा भएको छ । आफ्नो टोल विकासका लागि स्थानीयहरुको सहभागीले महत्वपूर्ण योगदान पु¥याएको सहभागीले बताए । टोल विकास संस्थामा महिलाहरुको अग्रसरता बढेपनि पुरुषहरुको सहभागीता अत्यान्तै कम भएको सहभागीले गुनासो गरे । साधारणसभाको उद्घाटन गर्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष बिन्दुकुमार थापाले समग्र पोखराको विकासका लागि टोल विकास संस्थाले महत्वपूर्ण योगदान पु¥याएको बताए । साधारणसभामा समाजसेवी तथा संस्थाका सल्लाहकार रामबहादुर थापाले महिलाहरुको संक्रियाताले धेरै नयाँ उर्जा र शक्तिका साथ टोलमा काम भैरहेको बताउँदै त्यसको संस्थागत विकासका लागि आफ्नै भवन निर्माण तथा सामाजिक कार्यको आवश्यकता रहेको बताए । संस्थाका अध्यक्ष शारदा सुबेदीको अध्यक्षतामा भएको कार्यक्रममा टोल विकास संस्था वडा समन्वय समितिका अध्यक्ष शारदा गिरी, नगरपालिका प्रतिनिधि सरस्वती अधिकारी, कुँवर टोल विकास संस्थाका अध्यक्ष पार्वती पौडेल लगायतले टोल विकास संस्थाले गरेको समाजिक कामको प्रसंशा गर्दै शुभकामना दिए । कार्यक्रममा सचिव प्रतिभा शर्माले कार्यक्रम संचारलन तथा सचिवको प्रतिवेदन पेश गरेकी थिइन् भने कोषाध्यक्ष हिरा थापाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । सदस्य कल्पना थापाले स्वागत मन्तब्य राखेको कार्यक्रममा करिव ५० जनाको सहभागी थियो ।

Post a Comment

 
Top